नेपालगञ्जमा फेरि थपिए ७ संक्रमित,
नेपालगञ्ज २३ वैशाख। नेपालगञ्ज स्थित भेरी अस्पतालमा कोरोना संक्रमण जाँच गर्ने क्रममा थप सात जना कोरोना संक्रमण भेटिएको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालगञ्जमा मात्रै अब संक्रमितको संख्या २३ पुगेको छ । ति मध्य चार जना महिला र तीन जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।
नयाँ सातै जना संक्रमित बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का हुन् । उनीहरु सबैको स्वास्थ्य सामान्य छ ।
मंगलबार भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा ९, ३२, ३४ र ५५ वर्षका महिला तथा २२, ३० र ४० वर्षका पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यसअघि बाँकेमा १५ जना संक्रमित फेला परेका थिए । संक्रमितको संख्या बढेपछि नेपालगञ्जमा २५ गतेसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।