तुलसीपुर, २४ जेठ । लुम्विनी प्रदेश अन्तर्गतको दाङ जिल्लामा आन्तरिक तथा बाह्यय पर्यटकको आगमनको सम्भावना भएपनि ठोस नीति, कार्यक्रम र पूर्वाधार तथा प्रचार प्रसार नहुँदा पर्यटन प्रवद्र्धन हुन सकेको छैन् ।
वाह्यय पर्यटक नआउनुको कारण एरपोर्टको भरपदो सुविधा नहुनु पनि एक हो । त्यस्तै आन्तरीक पर्यटकको लागि भने पर्यटकीय क्षेत्र सम्म नपुग्ने पूर्वाधारका साथै प्रचार प्रसार कम हुनपनि देखिएको छ । दाङको तुलसीपुर क्षेत्रमा थुपरै ऐतिहासीक तथा धार्मीक पर्यटकिय स्थलहरु भएपनि त्यसको उचित प्रचार–प्रसार र ध्यान पुग्न सकेको पाएको छ ।
तुलसीपुर उपमहानगरपालिका विभिन्न क्षेत्रमा ऐतिहासीक धार्मीक पर्यटकीय क्षेत्रहरु रहेपनि ठोस नीति, कार्यक्रम र पूर्वाधार तथा प्रचार प्रसार नहुँदा ओझेलमा परेको बताएको छ । त्यस्तै पर्यटकीय क्षेत्रको पुरानो इतिहास खोतलेर राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न नकिएको सहभागीहरुको भनाई छ । तुलसीपुर उपमहानगरपालिका पर्यटन तथा संस्कृति प्रवद्र्धन शाखाको आयोजनामा तुलसीपुरमा भएको एक दिने पर्यटन पत्रकारीता तालिमका सहभागीहरुले सो कुरा बताएका हुन ।
कार्यक्रममा सहभागीहरुले पर्यटन प्रवद्र्धनका लागि ठोस नीति, कार्यक्रम, पूर्वाधार तथा प्रचार प्रसारमा सवै क्षेत्रको ध्यान जानुपर्ने समेत बताए । तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ का वडाध्यक्ष रामबहादुर जिसीको अध्यक्षता तथा नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै नगरप्रमुख खड्काले तुलसीपुर क्षेत्रमा थुपरै महत्वपूर्ण क्षेत्रहरु रहेको बताए । उनले पर्यटकीय क्षेत्रको उचित प्रचार प्रसार नभएको भन्दै सरकारको पनि ध्यान जाने किसीमले पत्रकारहरुलाई कलम चलाउन आग्रह गरे ।
‘तुलसीपुर क्षेत्रको एउटा महत्वपूर्ण पर्यटकीय स्थल अहिले राप्ती शान्ति उद्यान रहेको छ यहाँ आउने जोकोहिलाई पनि तुलसीपुर जाउँ भन्दा यहाँ जानुपर्छ भन्ने भएको छ हामीहरुले पनि ल्याउने गरेकाछौं – खड्काले भने ।’ घोराहीमा धारापानी मन्दीर छ, । खड्काले यो लगायत तुलसीपुर–४ मा रहेको चमेरी गुफा, सुकौराको थारुराजाको दरवार, छिलिकोट, प्रतावकोट लगायत धेरै महत्वपूर्ण पर्यटकीय स्थल रहेको उल्लेख गरे । ‘जुन किसीमले पर्यटकीय क्षेत्रको प्रचार प्रसार प्रवद्र्धन हुनु पर्नेहो त्यो हुन सकेको छैन् , त्यसमा हाम्रोपनि ध्यान जान नसकेकैहो, यसमा विशेष गरि पत्रकारहरुले कलम चलाउन म आग्रह गर्दछु –खड्काले भने ।’
त्यस्तै नेपालकै पहिलो मानवकंकाल भेटिएको तुई दाङ, पहिलेका राजाहरु संग जोडिएका अन्य दरवार र गुहार खोलामा भएको ढुङ्गे हतियार भेटिएको ऐतिहासीक क्षेत्रको अभिलेखिकरण खोज अनुसन्धान हुन सकेको छैन उनले उल्लेख गरे ।
‘पुरै ऐतिहासीक क्षेत्रहरु छन त्यसको खोज अनुसन्धान गर्नपनि म पत्रकारहरुलाई आग्रह गर्दछु –उनले भने ।’ कार्यक्रममा राप्ती शान्ति उद्यान व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज भण्डारीले तुलसीपुर क्षेत्रकै नमुना रमणिय तथा पर्यटकीय गन्तव्यको रुपमा राप्ती शान्ति उद्यान रहेको बताए । भण्डारीले यसको विकास विस्तार र राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा प्रचार प्रसार गरि पर्यटकहरु धेरै भन्दा धेरै आउने बनाउन सवैले साथ सहयोग दिन आग्रह गरे ।
कार्यक्रममा पत्रकार महासंघका पूर्व केन्द्रिय अध्यक्ष विपुल पोख्रेलले यो प्रदेश नेपालको एक महत्वपूर्ण धार्मिक ऐतिहासीक र पर्वतीय पर्यटन गतव्य वन सक्ने सम्भावना धेरै रहेको बताए । ‘ठोस नीति, कार्यक्रम, पूर्वाधार तथा प्रचार प्रसार भयो भने पर्यटन प्रवद्र्धन हुन सक्छ उनले भने ।’ तालिमका मुख्य प्रशिक्षक समेत रहेका पोख्रेलले पर्यटन पत्रकारीता, पर्यटन प्रवद्धनका चुनौति समस्याहरुका विषयमा जानकारी गराएका थिए ।
‘पर्यटन पत्रकारीताको महत्व धेरैछ यसबाट पत्रकारहरुको पनि आर्थिक उपार्जन गर्ने ठाउँहरु धेरै छन् –उनले भने।’ । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत केशवराज पार्धेले यस क्षेत्रको पर्यटकीय क्षेत्रको विकास विस्तारका लागि सवैको महत्वपूर्ण भुमिका रहेको भन्दै त्यसको प्रवद्र्धन प्रचार प्रसार गर्न पत्रकारहरुको ठुलो भुमिका हुने बताए ।
त्यस्तै पत्रकार महासंघ दाङका उपाध्यक्ष नारायणी रजौरेले जिल्लाको पर्यटन विकासका लागि आफुहरुले निरन्तर कलम चलाएको भन्दै तामिलले थप पर्यटन पत्रकारीताको विकासका लागि सहयोग पुग्ने बताइन् । त्यस्तै तुलसीपुर उपमहानगरपालिका पर्यटन तथा संस्कृति प्रवद्र्धन शाखाका प्रमुख झरेन्द्र खरेलले तुलसीपुरमा रहेका पर्यटकीय क्षेत्रको प्रचार प्रसार र पर्यटन प्रवद्धनका लागि शाखाले विभिन्न कार्यक्रम गरेको जानकारी गराएका थिए ।
‘पर्यटन तथा संस्कृतिक प्रवद्र्धन शाखाले विभिन्न कारणले सोचेजस्तो काम गर्न अलि सकेको छैन तर विभिन्न कार्यक्रम सञ्चालन गरेको छ आगामी कार्यक्रमहरु पनिमैले बनाएको अवस्था छ – खरेलले भने ।’ खरेलले पर्यटन प्रवद्धनका लागि विभिन्न स्थानमा होमस्टेहरु निर्माण, विभिन्न कृतिक तथा प्राकृतिक तालमा डुङ्गा सञ्चालन गरेको बताए ।
‘हाम्रो आगामी योजनाहरु पनि थुपरै छन् यस पटक पत्रकारहरुलाई पर्यटन पत्रकारीताको लागि थप सहयोग पुगोस भनेर यो तालिम सञ्चालन गरेको हो’– उनले भने । पर्यटकीय क्षेत्र राप्ती शान्ति उद्यान गणेसपुर पार्कमा भएको तालिमको मुख्य प्रशिक्षकमा पत्रकार महासंघका पूर्व केन्द्रिय अध्यक्ष विपुल पोख्रेल रहेका थिए । एक दिने पर्यटन पत्रकारीता तालिममा तुलसीपुर क्षेत्रका २ दर्जन बढी पत्रकारहरुको सहभागीता रहेको थियो ।