एकराज शर्मा अधिकारी
मानव जीवनको अर्थ जिउनु मात्र होइन । मानव जीवनको अर्थ अरु प्राणीभन्दा फरक छ । मानवले विचार गर्न र अनुभव गर्न सक्छ । अरु प्राणीले सक्दैनन् । मानव जीवनको बहुमूल्य छ । यो पृथ्वीमा करिब सात अर्ब ८० करोड मानिसको बसोबास छ । ती मानिसमध्ये कति दृष्टिविहीन छन् ।
सूर्य उदाएको, अस्ताएको थाहा पाउँदैनन् । कति मानिस श्रवण शक्तिविहीन छन् । कति आध्यात्मिक, आधिदैविक, आधि भौतिक तापले सताइएका छन् । कतिलाई आध्यात्मिक ज्ञान छैन । भौतिक ज्ञान मात्र छ । हामी सबै जन्मदेखि दौडिरहेका छाँै । हामी मात्र होइन, संसारका हरेक प्राणी दौडिरहेका छन् ।
सूर्य, चन्द्र, तारा, ग्रह, नक्षत्र सबै दौडिरहेका छन् । त्यतिमात्र होइन दिन, पक्ष, ऋतु, वर्ष पनि हामीसँगै दौडिरहेका छन् । यो दौड प्रलय नहुँदासम्म चलिरहन्छ । हामी किन दौडिरहेका छौँ ? आनन्द खोजीमा दौडिरहेका छौँ । हामी अज्ञानले गर्दा आफूभित्र आनन्द छ भनी अनुभव गर्न सकेका छैनौँ । भौतिक विकासको घमण्डले जीवनको रहस्य बुझ्न सकेका छैनौँ । मानव जीवन अनमोल छ । हामीले आफैभित्रको ज्ञान गर्न सकेका छैनौँ । म को हुँ ? ईश्वर को हो ? जगत के हो ? यो पनि बुझ्न सकेका छैनौँ । यो सृष्टि अनादिकालदेखि चल्दै आइरहेको छ । आत्यान्तिक प्रलय भएपछि रोकिन्छ ।
प्रलय नहुँदासम्म चलिरहन्छ । प्रलय पनि चार किसिमका हुन्छन् । सृष्टि पनि चार किसिमका हुन्छन् । उद्भिज, जरायज, स्वेदज, अणडज । छरेर उम्रने सृष्टि, सालनालसहित भएर जन्मिने जीव । पसिनाबाट पैदा हुने जीव, अण्डाबाट पैदा हुने जीव गरी चारथरीका जीव छन् । जीव चौरासी लाख छन् भनी शास्त्रले बताएको छ ।
त्यसैगरी प्रलय पनि चार किसिमको हुन्छ । नित्य प्रलय, नैमित्तिक प्रलय, प्राकृतिक प्रलय र आत्यन्तिक प्रलय । यसरी प्रलय पनि चार किसिमका छन् । सृष्टि प्रवृत्ति मार्ग हो । लय निवृत्ति मार्ग हो । यो संसारमा जन्म मृत्यु भइरहन्छ । जन्मेको मर्छ, मरेको जन्मिन्छ । गीता शास्त्रमा कृष्णले भन्नुभएको छ– जातस्य हि, धुर्वोमृत्यु, धुर्वजन्म, मृत्यस्यच । यो सृष्टि ब्रहमको कल्पना हो । त्यसैले सृष्टि साचो होइन । अज्ञानले गर्दा हामीले साचो मानेका छौँ ।
ज्ञानी मानिसले संसारलाई साचो मान्दैन । किनभने जाग्रत, स्वप्न, सुसुक्ति हाम्रा तिन अवस्था छन् । यो हामीले अनुभव गरेकै कुरा हो । जाग्रत अवस्थामा हामी काम गर्छौँ । स्वप्न अवस्थामा हामी हुत्छौँ । सुसुक्ति अवस्थामा हामी निदाउँछौँ । जाग्रत र स्वप्न अवस्थामा हामी यो संसारलाई देख्छौँ । सुसुक्ति अवस्थामा देख्न सक्दैनौँ । कहिले देखिनु, कहिले नदेखिने भएकोले संसार सत्य ठहरेन । झुठा सिद्द भयो । जगत एकदिन नाश अवश्य हुन्छ । संसारका मानिसलाई कसैलाई सुख छैन । जसलाई सोधे पनि म दुःखी छु भन्छ । म सुखी छु भनेर कसैले भन्दैन । किनभने मानिसलाई म को हुँ भन्ने थाहै छैन ।
म भनेको शरीर होइन, आत्मा हो । आत्मा कहिले नाश हुँदैन । शरीर नाश हुन्छ फेरि जन्मिन्छ । सुखदुःख भोग्ने शरीर हो । सुखदुःख पनि आफ्नो कमाइ हो । राम्रो काम गरे सुख हुन्छ, नराम्रो काम गरे दुःख हुन्छ । परोपकार गर्न राम्रो काम हो । अर्कालाई दुःख दिनु नराम्रो काम हो । आज संसारमा करोडौँ मानिस युद्द कलह झगडाले प्रभावित भएका छन् ।
लाखौँ मानिस खान नपाएर मरिरहेका छन् । लाखौँ मानिस सुखको खोजीमा दौडिरहेका छन् । कति मानिस प्राकृतिक प्रकोपको चपेटामा परेर रोइरहेका छन् । कति मानिस महामारी रोग फैलिएर मृत्युलाई वरण गरिरहेका छन् । संसारमा कसैलाई सुख छैन । यो बहुमूल्य जीवन पाएर पनि हामी सुखी हुन सकेका छैनौँ । यो जीवनको मूल्य थाहा नपाउनु हो । नाशवान बस्तुको पछि लागेर को सुखी हुनसक्छ । कोही पनि सुखी हुन सक्दैन ।
नाशवान नहुने बस्तुको खोजी नै गर्न सकेका छैनौ । त्यो आफूभित्र छ । हामी बाहिर–बाहिर दौडिन्छौ । शान्ति र आनन्द धन, सम्पत्ति, पदप्रतिष्ठामा पाउन सकिँदैन । निदाएको अवस्थामा संसार देखिँदैन । शरीर पनि देखिँदैन । तर, म रहन्छु । निदाएको बेला म छैन भनेर कसले भन्न सक्छ । त्यसैले म भनेको तीनै कालमा रहने, कहिले नाश नहुने बस्तु हो । त्यो हो आत्मा । संसार सृष्टि हुनुभन्दा पहिले पनि म थिएँ अन्तमा प्रलय भइसकेपछि पनि म रहन्छु ।
म नभए जन्म र मृत्युलाई कसले थाहा पाउने । त्यसैले म सदासर्वदा रहिरन्छु । मेरो नाश कहिले हुँदैन । आत्मालाई सुखदुःख हुँदैन । शरीरलाई सुखदुःख हुन्छ । सुखदुःख आफ्नो कमाइ हो । सुख स्वर्गमा पाइन्छ भनेर मानिसले पाठ, पूजा, तीर्थ, ब्रत, दान, दक्षिणा गर्दछन् । त्यो भुल हो ।
स्वर्ग कहीँ छैन, यही छ । स्वर्ग पनि यही पृथ्वीमा छ । नरग पनि यही पृथ्वीमा छ । स्वर्ग र नरग राम्रो, नराम्रो काममा भर पर्छ । मानिसलाई जीवनमा सधैभरी सुख र सधैभरी दुःख कसैलाई पर्दैन । सुखदुःख आउने जाने चिज हुन् । म भनेको आत्मा हो । मेरो