बालमैत्री स्थानीय शासनका लागि अभिमुखीकरण

तुलसीपुर, २० जेठ । आजका बालबालिका भविषयमा कर्णधारका साथै बालबालिका लगानीका आधार भएको सहभागीहरुले बताएका छन् । नवजागरण महिला तथा बाल संरक्षण केन्द्र (न्यूसीपी) तुलसीपुरको आयोजना तथा सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरको आर्थिक सहयोगमा बालमैत्री स्थानीय शासनका लागि बाल अधिकार सचेतना कार्यक्रम, विषयगत सवालमा सरोकारवालाहरु संग छलफल एवं अभिमुखीकरण कार्यक्रममा सहभागीहरुले बालबालिकाको चौतर्फी विकासमा जोड दिनुपर्ने बताएका छन् ।

सहभागीहरुले सरकारले भौतिक विकासमा बढी जोड दिँदै पूर्वाधार विकास विकास निर्माण गर्दै आएको भन्दै त्योभन्दा बढी संवेदनशील र महत्वपूर्ण क्षेत्र सामाजिक विकासमा लगानी गर्नुपर्ने बताए । ‘जबसम्म मानवीय विकासको गति बढ्दैन, तबसम्म भौतिक संरचनाको विकासले त्यति प्रतिफल दिन सक्दैन त्यसमा पनि पारिवारीक स्वास्थ्यलाई प्राथमिक्ता दिनुपर्छ’, तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख ओमप्रकाश न्यौपानेले भने ।

उनले बालअधिकारका विषयमा सरकार पछाडि परेकोहोकी भन्ने लागेको बताए । न्यौपानेले बालमैत्रि स्थानीय शासानका लागि स्वास्थ्यमा ११ वटा सूचक पुरा गर्नुपर्ने बताए । त्यस्तै कार्यक्रममा मावि तुलसीपुर सेन्टरका प्रधानाध्यापक भागवत पौडेल, गुरुजजुर माविका प्रधानाध्यापक विष्णुकुमारी केसी, प्याव्सन तुलसीपुरका अध्यक्ष डम्वर डाँगीले शिक्षा बाल अधिकारको मूल आधार रहेको बताए ।

बालबालिकालाई गुणस्तरीय शिक्षा सुनिश्चित गर्न सामुदायिक विद्यालयमा थप सुधार आवश्यक रहेकाले बालमैत्री वातावरण सिर्जना गर्नु जरुरी भएको बताए । बिभिन्न सामाजिक अभियन्ताहरुले बालश्रम, बालविवाह जस्ता समस्याहरू अझै समाजमा विद्यमान रहेको स्पष्ट पारेका थिए । यस्ता कार्यक्रमहरूले नीति निर्माणमा प्रभाव पार्ने र स्थानीय तहलाई उत्तरदायी बनाउनुुुपर्ने कुरामा जोड दिएका थिए ।

त्यस्तै प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्काले पत्रकारीताको क्षेत्रबाट बालमैत्रि स्थानीय शासन घोषणाका लागि आफुहरुले सहयोग गर्ने भन्दै तुलसीपुरमा लामो समय देखि बालअधिकारको क्षेत्रमा न्यूसीपीमार्फत विभिन्न महत्वपूर्ण काम गरेको बताए ।

‘तुलसीपुरका होटलहरुमा बालश्रमिक मुक्त बनाउन होस वा अन्य बालबालिकाको क्षेत्रमा तपाईहरुले गरेको कार्यअतुल्नीय छ – उनले भने ।’ त्यस्तै कार्यक्रममा न्यूसीपीका अध्यक्ष नवराज लामिछानेले बालमैत्रि स्थानीय शासन, सरोकारवालाहरु संगको प्रतिवद्धता तथा छलफलको विषयमा जानकारी गराएको थिए । उनले नेपाल सरकारले सबै स्थानीय तहलाई वि।सं। २०८७ सम्ममा बालमैत्री बनाउने लक्ष्य लिएको बताए ।

त्यसअवसरमा बालअधिकारकर्मी दुर्गालाल केसीले बालमैत्री घोषणाका प्रकृया, पुरा गर्नुपर्ने सुचक, स्थानीय समिति गठन लगायतका विषयमा प्रकाश पारेका थिए । तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले बालमैत्री स्थानीय शासनका न्युनतम सुचकहरुका बारेमा जानकारी गराइकी थिइन् ।

तिन दिनसम्म सञ्चालन भएको कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, सामाजिक अभियान्ता, अभिभावक संघ, शिक्षक, स्वास्थ्यकर्मी, प्रहरी, पत्रकारको सहभागीता रहेको प्रेस संयोजक दिप्तीशिखा चौधरीले जानकारी दिइन् । न्यूसीपीका अध्यक्ष नवराज लामिछानेको अध्यक्षतामा सम्पन्न अभिमुखीकरण कार्यक्रमको सहजीकरण न्यूसिपीका महासचिव नानीमैया वलीले गरेकी थिइन् ।