प्रिया स्मृति गजमेर
देउखुरी, १९ जेठ। सवारी दुर्घटना हुँदा देउखुरीमा एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा लमही नगरपालिका-९ जलकुंडी निवासी पलबहादुर वली रहेको इलाका प्रहरी कार्यालय अमिलियाले जानकारी दिएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको भे १ ख ३७७५ नम्बरको ट्रकले पश्चिमबाट लमही तर्फ आउदै गरेको रा ४ प २२६० नम्बरको मोटरसाइकललाई लमही नगरपालिका-८ को राप्ती माध्यामिक विद्यालय उच्चानिम्बुमा ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट वली गम्भीर घाइते भएको प्रहरीले बताएको छ । वली निर्माण व्यवसायी हुन ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका वलीलाई लमही अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि बाँकेको नेपालगंज रिफर गरिएको छ । यो घटना आज जेष्ठ १९ गते राति सवा आठ बजेको हो । ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको इप्रका अमिलियाका प्रहरी निरीक्षक भवानी प्रसाद धमलाले बताए । वलीको टाउकोमा गहिरो चोट लागेको छ ।