तुलसीपुरमा डेरी पसलको अनुगमन

तुलसीपुर, १८ जेठ । तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाको आयोजनामा बजार अनुगमन सुरु भएको छ ।

खाद्य स्वच्छता दिवसअन्तर्गत ७ दिने अभियानअन्तर्गत पहिलो दिन तुलसीपुरका विभिन्न डेरी तथा बेकरी उद्योगहरुमा अनुगमन गरिएको उपभोक्ता हित संरक्षण शाखाका प्रमुख रेखा शर्माले जानकारी दिइन् । उनका अनुसार खाद्य स्वच्छता दिवसअन्तर्गत विभिन्न पसलहरुमा सचेतनाका साथै सचेतना मुलक म्याद नाघेका खाद्यबस्तुहरु विक्री वितरण नगरौ भन्ने सचेतना मुलक स्टीकरहरु राखिएको छ ।

आइतवार उपभोक्ता हित संरक्षण शाखा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन दाङ तुलसीपुर, तुलसीपुर उद्योग वाणिज्य संघ, इलाका प्रशासन, प्रहरीका प्रतिनिधि तथा पत्रकारहरुको सहभागीतामा तुलसीपुरका डेरी तथा बेकरी उद्योगमा अनुगमन गरेको प्रमुख शर्माले बताइन् । उनका अनुसार डेरी उद्योगहरुमा अनुगमन गर्दा केहि उद्योगहरु सन्तोषजनक पाएको र केहि डेरी उद्योगमाा सरसफाई र डेरी वेकरी उद्योगमा दुध जन्य बस्तु, पानीकाजारहरुमा लेवल नराखेको पाएकोले सो बस्तुहरु लेवल राखेरमात्र विक्री वितरण गर्न निर्देशन दिएको शर्माले बताइन् ।

त्यस्तै केहि डेरी तथा बेकरीमा म्याद नाघेका चक्लेट, विस्कुट, चिपसहरु फेला परेकाले म्याद नाघेका बस्तुहरु गफत गरिएको छ । अनुगमनका क्रममा व्यवसायीक कर तथा नविकरण नगरेका व्यवसायीहरुलाई ३ दिनभित्र नविकरण गर्न समेत निर्देशन दिएको छ । तुलसीपुरका ८ वटा डेरी उद्योगहरुमा अनुगमन गरिएको र जफत गरिएका सामग्रीहरुलाई सवैको रोहवरमा नष्ट समेत गरिने बताएको छ ।

शर्माको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन तुलसीपुर दाङका सुदर्शन गोसाई, इलाका प्रशासन कार्यालयका केशवराज अधिकारी, तुलसीपुर उद्योग वाणिज्य संघका पारेश्वर भट्टराई, इप्रका तुलसीपुरका प्रतिनिधि असई खिमबहादुर विष्ट, उपभोक्ता हित संरक्षण शाखाका खेमकान्त पाण्डेलगायत पत्रकारहरुको सहभागितामा बजार अनुगमन तथा सचेतना कार्यक्रम गरिएको थियो ।