दाङ,१८ जेठ । दाङको घोराहीमा रहेको कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेड शिक्षा उपसमितिको आयोजनामा सहकारी शिक्षा कार्यक्रम अन्तरगत अन्तरक्रिया कार्यक्रम रामपुरमा सम्पन्न भएको छ ।
शिक्षा उपसमितिका संयोजक केशव रिजालको सभापतित्व एवं घाेराही उप-महानगरपालिका सहकारी तथा रोजगार प्रवद्वन शाखा प्रमुख प्रेम बहादुर केसीकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा प्रमुख अतिथि केसीले देशभरका सहकारी सस्थाका अवस्था, बर्तमान अवस्थाका सहकारीको नीति, विधि , चुनौती र अवसरका बारेमा प्रकाश पार्नु भएको थियो ।
कार्यक्रम कलश बचत तथा ॠण सहकारी सस्थाका निवर्तमान अध्यक्ष एव सल्लाहकार बालचन्द्र शर्माले कलशको स्थापनाकालदेखि हालसम्मको अवस्था, गरेका कार्य र भावी रणनीतिका बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
सहभागीले सोही कार्यपत्रमा रहेर आ आफ्नो सल्लाह सुझाव र धारणा राखेका थिए ।अन्तरतक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले दाङको घाेराहीमा रहेकाे कलश बचत तथा ऋण सहकारी संथाले सदस्यमैत्री कार्यक्रमहरु घर आगनमै आई सञ्चालनगरेकाेमा खुसी ब्यक्त गरेका थिए ।
कार्यक्रममा संस्थाकाे अध्यक्ष माधब खनाल,साबिक सर्बोत्तम बहुउद्देश्यीय सहकारी सस्थाका अध्यक्ष ध्रुवराज पौडेल, उपाध्यक्ष चन्द्रावती भण्डारी, साना किसान रामपुरका अध्यक्ष गुरुप्रसाद खनाल, सस्थाका ब्यवस्थापक प्रकाश अधिकारी लगायतका बोल्नु भएको थियो । कार्यक्रमको सहजीकरण शिक्षा उपसमिति सदस्य खिमराज खनालले गर्नु भएको थियो ।