राज्यले व्यवसायमैत्री वातावरण निर्माण गर्नुपर्छ : घर्तिमगर [ अन्तर्वार्ता]

आर्थिक सङ्कटको प्रभाव हालसम्म पनि देखा परिरहेको छ । प्रभाव रही रहँदा पनि समस्याको समाधान गर्ने उद्योगी तथा व्यवसायी लागि परेका छन् । कतिपय व्यवसायमा टिक्न नसकेर पलायन भइरहेका छन् । विभिन्न समस्या भोग्दै आएका उद्योगी तथा व्यवसायीलाई राज्यकोतर्फबाट प्रोत्साहन समेत गरेको पाइँदैन ।

यस प्रकारको प्रवृति परिवर्तन हुन आवश्यक छ । दाङको घोराही उपमहानगरपालिका वडा नं १५ मा २०६५ सालदेखि युनाइटेड सान्इटीफिक एण्ड सर्जिकल हाउस प्रालि सञ्चालन रहेको छ । सर्जिकल हाउस आर्थिक वर्ष २०७८÷०७९ मा आन्तरिक राजस्व कार्यालय तुलसीपुरबाट व्यवसायीक क्षेत्रबाट धेरै कर तिर्न करदाताको रुपमा समेत सम्मानित गरेकोे थियो ।

व्यवसाय सञ्चालन गर्दा के, कस्ता सम्भावना तथा चुनौती रहेका छन् भन्ने विषयमा युनाइटेड सान्इटीफिक एण्ड सर्जिकल हाउस प्रालि सञ्चालक बालकुमार घर्तिमगरसँग गोरक्षकर्मी अमरराज आचार्यले गरेको कुराकानी सारसंक्षेपमा ।

— व्यवसायमा कसरी प्रवेस गर्नुभयो ?

मेरो परिवार नै व्यवसाय क्षेत्रमा हात हालेको परिवार हो । परिवार व्यापारमा हात हालेको भएको हुनाले मेलै पनि व्यवसाय गर्नुपर्दछ भनेर सानैदेखि व्यापारमा रुचि रहेको थियो । केही वर्ष रोल्पामा नै मेडिकल व्यवसाय गरे । त्यसपछि तुलसीपुरमा अस्पातलमा काम गरियो ।

अस्पतालमा काम गर्न छाडेर व्यवसाय सुरु गरेको हुँ । आफ्नै स्थानमा केही गर्नुपर्दछ भनेर व्यवसाय सुरु गर्न थालेको हुँ । पैसाका लागि घर परिवार छाडेर विदेश जानुभन्दा यही केही गर्नुपर्दछ भन्ने सोच हो । सुखदुःख जे गरे पनि आफ्नै देशमा गर्नुपर्दछ ।

— व्यवसाय सञ्चालन गर्दा के कस्ता समस्या भोग्नु परेको छ ?

हरेक क्षेत्रमा समस्या रहेका छन् । समस्यालार्ई समाधान गर्दै अगाडि बढ्नु पर्दछ । राज्यले व्यवसाय गर्ने वातावरण निर्माण गरिनु पर्दछ । वातावरण नै नभएमा उद्योग तथा व्यापार क्षेत्र अगाडि बढ्न सक्दैन । व्यवसायमा आय कर प्रणाली वैज्ञानिक रहेको छैन ।

यसलाई परिवर्तन गरिनु पर्दछ । सहज रूपमा नै कर तिर्न पाउनु पर्दछ । घरबाट नै कर तिर्न सक्ने वातावरण सिर्जना हुनुपर्दछ । व्यवसाय सुरु गर्दा र बन्द गर्दा मात्र कर कार्यालयसम्म पुगे हुने बनाउनु पर्दछ । एकद्वारा प्रणालीबाट कर लिइनु पर्दछ । हरेक क्षेत्रबाट कर लिँदा व्यवसायी समस्यामा परेका छन् ।

राज्यका नीति निर्माण गर्ने तहसम्म पुग्नेले यसका बारेमा सोच्नु पर्दछ । व्यवसायीलाई सुरक्षाको व्यवस्था मिलाउनु पर्दछ । उधारोसम्बन्धी कानुनको व्यवस्था गरिनु पर्दछ । उधारो सम्बन्धी कानुन निर्माण हुन नसक्दा धेरै व्यवसायीले समस्या भोग्नु परेको छ । उद्योग व्यवसायमा लगानी गर्नेलाई सहज र सुलभ तरमा ऋणको व्यवस्था गरिनुपर्दछ ।

अहिले सहजरूपमा ऋण पाउने समेत समस्या छ । पाए पनि व्याज धेरै व्याज तिर्नु पर्ने अवस्था छ । यसले व्यवसायीलाई समस्यामा पारको छ । दोहोरो अङ्कको व्याज हँुदा व्यवसायीले लिने नाफाभन्दा व्याज बढी हुने गरेको छ । अहिले अर्थतन्त्र निश्चित व्यक्तिको हातमा रहेको छ । त्यसको प्रभावले धेरै उद्योगी तथा व्यवसायीमा परेको छ । यो परिवर्तन गर्न आवश्यक रहेको छ ।

— के गर्नुभयो र उत्कृष्ट करदाताको रूपमा सम्मान प्राप्त गर्नुभयो ?

राज्यको नियम अनुसार नै हामीले अगाडि बढिीरहेका छाँै । व्यवसाय गरेर राज्यलाई कर तिर्नु हाम्रो दायित्व हो । कर तिर्नु र करको सही सदुपयोग भए नभएको भनेर निगरानी गर्ने सक्नुपर्दछ । आफ्नो दायित्व निर्वाह गर्दै जाँदा आन्तरिक राजस्व कार्यालय तुलसीपुरबाट आर्थिक वर्ष २०७८÷०७९ बाट सम्मान प्रदान गरेको हो । यसले हामीले तिरेको करको मूल्याङ्कन हुने रहेछ भन्ने पाएका छौँ ।

— स्वदेशी उद्योग तथा व्यवसायको विकासका लागि राज्यले के गर्न आवश्यक रहको छ ?

राज्यले स्वदेशी उद्योगको विकासका लागि स्वदेशी उत्पादनलार्ई प्राथमिकता दिने नीति ल्याउनु पर्दछ । उद्योग स्थापनाका लागि छुट्टै औद्योगिक क्षेत्र बनाउनु पर्दछ । अहिलेसम्म जिल्लामा औद्योगिक क्षेत्र निर्माण हुन सकेको छैन । जुन बस्ती स्तरभन्दा टाढा रहोस् । औद्योगिक क्षेत्रमा सडक सुविधा, नियमित विद्युतको व्यवस्था, पानीको सुविधा पु¥याउनु पर्दछ ।

औद्योगिक क्षेत्र स्थापना भएमा उद्योग स्थापनाका लागि सहज हुन्छ । उनीहरूले आफैले जग्गा किन्नु पर्दैन । उद्योग स्थापना गर्नका लागि आफैले जग्गा किन्नु पर्दा उद्योगमा लगाउने रकम नै सकिने गर्दछ । उद्योगी बन्न चाहनेलार्ई सरकारले सहज र सहुलीयतमा रूपमा दिने व्यवस्था गरिनु पर्दछ ।

अहिले लगानी गर्नका लागि सहजरूपमा ऋण पाउने अवस्था समेत रहेको छैन । यसले गर्दा धेरै उद्योगी तथा व्यवसायी समस्या भोग्नु परेको छ । यसतर्फ सरकारले ध्यान दिनुपर्दछ । अहिले स्थानीय सरकार, प्रदेश सरकार तथा सङ्घीय सरकारले समेत उद्योगी तथा व्यवसायीलाई सहयोग गरेको पाइँदैन ।

व्यवसायीलाई सुरक्षाको व्यवस्था मिलाउनु पर्दछ । उधारो सम्बन्धी कानुनको व्यवस्था गरिनु पर्दछ । उधारो सम्बन्धी कानुन निर्माण हुन नसक्दा धेरै व्यवसायीले समस्या भोग्नु परेको छ । उद्योग व्यवसायमा लगानी गर्नेलाई सहज र सुलभ तरमा ऋणको व्यवस्था गरिनु पर्दछ ।

अहिले सहजरूपमा ऋण पाउने समेत समस्या छ । पाए पनि सहजरूपमा पाइँदैन । यसले व्यवसायीलाई समस्यामा पारको छ । धेरै व्याज धेरै तिर्न पर्ने हुँदा व्यवसायीले लिने नाफाभन्दा व्याज बढी हुने गरेको छ । अहिले अर्थतन्त्र निश्चित व्यक्तिको हातमा रहेको छ । त्यसको प्रभावले धेरै उद्योगी तथा व्यवसायीमा परेको छ । यो परिवर्तन गर्न आवश्यक रहेको छ ।

— अन्त्यमा केही छ कि ?

हामीले सञ्चालन गरेको व्यवसायकोे बारेमा कुरा राख्न दिनुभएकोमा तपाई र गोरक्ष परिवारलाई धन्यवाद दिन चाहन्छु । नेपालमा धेरै सम्भावना रहेका छन् । ती सम्भावनाको सदुपयोग गरेर अगाडि बढ्न आवश्यक छ । देशलाई आत्मनिर्भर बनाउन सबै मिलेर अगाडि बढ्नु पर्दछ ।

यसका लागि आफैले केही गर्नुपर्दछ भनेर अगाडि बढ्न सक्नुपर्दछ । काम गर्न चाहेमा धेरै अवसर समेत यही छन् तर हामी रोजगारका लागि विदेशीने गरेका छौँ । विदेशमा गएर जस्तो काम गर्न पनि तयार हुन्छौँ तर नेपालमा काम गर्न लाज मान्ने गर्दछौँ । यस प्रकारको प्रवृत्ति हटाउनु पर्दछ ।

राज्यले उद्यमशिलतामा जोडिनका लागि प्रोत्साहन गर्नुपर्दछ । जसले गर्दा स्वदेशी उद्योगलार्ई अगाडि बढाउन सहयोग मिल्दछ । उद्योग सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण, बजार व्यवस्थापनमा सहयोग गरिदिनु पर्दछ । विदेशमा उद्योगबाट उत्पादन भएका वस्तुसँग प्रतिस्पर्धा गर्न नेपाली उद्योगलाई समस्या रहेको छ ।

त्यसैगरेर स्वदेशी उत्पादनलार्ई प्रोत्साहन गर्नुपर्दछ । अहिले पनि स्वदेशी वस्तुलार्ई विश्वास गर्ने वातावरणको सिर्जना हुन सकेको छैन । नेपालका उत्पादन गरेर वस्तु वाहिर पठाउनेभन्दा पनि मान्छे बाहिर पठाउने भइरहेको छ । यो देशको लागि राम्रो होइन । यसलाई रोक्न नेतृत्वमा रहेकाहरूले पहल गर्नुपर्दछ । देशमा उत्पादन नहुँदासम्म देश आत्मनिर्भर बन्न सक्दैन ।

उद्योग, व्यवसाय तथा अन्य माध्यबाट आम्दानी गरिसकेपछि कर तिर्नुपर्दछ तर करको सही सदुपयोग भयो कि भएन भनेर त्यसको निगरानी गर्न सक्नु पर्दछ ।