ठ्याक्कै तिथि मिति याद भएन । सादय विसं २०६२÷०६३ सालको जनआन्दोलन ताका हुनुपर्दछ । म त्यो बेला उमेरले पन्ध्रको हाराहारीमा थिएँ । त्यसैताका हामी कलिलै उमेरमा नेपालगञ्जमा प्रशिक्षणको कार्यक्रममा सहभागी हुन गयौँ ।
हामीलाई यहाँबाट नेतृत्व गरेर लैजानने आदरणीय नेता दिपक पाण्डे र राजकुमार धिताल हुनुहुन्थ्यो । म संस्थापनको नेतृत्वकै थिए । हामी करिब ६० जना दाङबाट प्रशिक्षणमा गएका थियौँ । त्यहाँ हामीले तत्कालीन नेपाली कांग्रेसका पार्टी सभापति स्वर्गीय गिरीजाप्रसाद कोइरालासँग हात मिलाउन पायौँ । ती कलिला हातहरूले मलाई सुम्सुम्याउँदा एउटा स्नेहको तरङ्ग सिर्जना भएको थियो ।
हात मिलाइसकेपछि उहाँले भन्नु भएको थियो, कलिलै उमेरमा राजनीतिमा चासो राख्नु भएछ, कुशलतापूर्वक अघि बढ्नु होला । उहाँले भनेका यी शब्दहरू अझै पनि मेरो अन्तरमनमा तरङ्गित छन् । लेखिदिनु होला मेरो पहिलो खुसी गिरीजाप्रसाद कोइरालासँग हात मिलाउँदा ।

त्यसो त राजनीतिमा अनेकन खुसी जोडिएका छन् । सामाजिक अभियानका क्रममा पनि धेरै खुसीका क्षण छन् । मेरो अर्को खुसी विद्यार्थीका हात हातमा पाठ्यपुस्तकसँग पनि जोडिएको छ । विसं २०६४ सालमा नेविसंघले पुस्तक अभावलाई व्यवस्थापन गर्न आन्दोलन गर्नुपरेको थियो ।
साझा प्रकाशनले पुस्तक छाप्थ्यो । तर, आधा शैक्षिक सत्रसम्म पनि पुस्तकहरू जिल्ला जिल्लामा आउँदैनथे । हाम्रो आन्दोलनले दाङमा पुस्तक अभावको च्याप्टरै क्लोज भयो । हामीले सुरुवातीमा शान्तिपूर्ण आन्दोलन ग¥यौँ, तर पछि स्टेशनगरी बन्द, साझा प्रकाशनको पसल बन्द गर्ने लगायतका कामहरू पनि आन्दोलनका क्रममा भए ।
त्यसपछि जिल्लामा सर्वपक्षीय छलफलबाटै पाठ्यपुस्तकको समस्या समाधान गरे । त्यसबेला जुम्ला पठाउन तयारी भएका पाठ्यपुस्तक यहाँ झारिएको थियो । त्यसपछि दाङमा कहिल्यै पाठयपुस्तक अभाव भएन । त्यो बेला पुस्तक व्यवस्थापन गर्न सहयोग पुु¥याउने प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई पनि मैले स्मरण गर्न चाहन्छु ।
त्यसैगरी मेरो अर्को खुसी सामाजिक अभियानसँग जोडिएको छ । विसं २०६५ साल हो, मलाई महिना याद भएन । रतनपुर शिवमन्दिर व्यवस्थापनका लागि स्थापना कर्ता पन्थवीर केसी र दिपा केसीले मन्दिर सरसफाइ गर्नुपर्छ भनेर प्रेरण दिनुभयो, जसका कारण हामीले यही कामका लागि हामीले समूह खोज्नु प¥यो । यही समूहलाई हामीले दाङ सोसाइटी क्लब स्थापना ग¥यौँ ।
त्यसको संस्थापक अध्यक्ष नै म भएँ । मेरो खुसी दाङ सोसाइटी क्लब पनि हो । अहिले सोही क्लबका माध्यमबाट दाङ जिल्लामा बृहत खेलकुद महोत्सव आयोजना गर्न पनि सफल भयौँ । मेरो खुसी दाङ सोसाइटी क्लब पनि हो । जसले खेलकुद क्षेत्रको विकासमा ठुलो योगदान पु¥याएको हामीलाई अनुभूति भएको छ । त्यससँगै विभिन्न सामाजिक कार्यहरु पनि गर्दै आएका छौ ।
राजनीतिमा जोडिँदै गर्दा विसं २०७९ साल जेठ पनि मेरो खुसी हो । जुनबेला मलाई पार्टीले वडा सदस्यको टिकट दिएर मलाई विश्वास ग¥यो । हामी सबै टिमले वडामा चुनाव जित्यौँ । यसले मलाई राजनीतिमा पनि जोडिदिएको छ । मलाई विश्वास गरेर यो जिम्मेवारी दिलाउने मेरा अग्रज नेताहरूलाई पनि यही पत्रिकामार्फत् स्मरण गर्न चाहन्छु ।
त्यसरी नै मेरो अर्को खुसी पारिवारिक खुसीसँग पनि जोडिएको छ । त्यो हो जुम्ल्याहा छोरीहरूको बुवा । विसं २०६९ सालमा हामी वैवाहिक जीवनमा जोडिएका थियौँ । विसं २०७१ सालमा पहिलो सन्तानका रूपमा जुम्ल्याहा छोरी । ती छोरीहरू सृष्टि र मिष्टि । हामीलाई लाग्यो एकै साथ दुई लक्ष्मी घरमा । त्यसपछि एउटा छोरा छ । अव सन्तानको रहर पनि पुगेको छ ।
अब सन्तानको रहर पनि पुगेको छ । अरू सामाजिक खुसी त कति छन् कति ती बोलेर व्यक्त गर्न सक्दैन । जनचेतना, सरसफाई, रक्तदान हाम्रा नियमित अभियान हुन् । खेलकुद हाम्रो त्यसपछिको अभियान हो । बृहत खेलकुद हामीले घोराहीमा सम्पन्न गर्दा हामी खुसीले गदगद थियौँ । किनकि यो क्लबले हामीलाई खेलाडी उत्पादन गर्न पनि बाटो देखाइदिएको छ । बुढाथोकी घोराही उपमहमानगरपालिका वडा नं. १५ का जनप्रतिनिधि समेत हुन । २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित बुढाथोकी वडाको जुनसुकै स्थानमा देखिने समस्या समाधानका लागि लागि पर्ने गरेका छन् ।
माथि उल्लिखित खुसीका क्षणहरू लेखनाथ बुढाथोकीका । जन्मथलो घोराही—१५ रतनपुर विसं २०४८ मङ्सिर ५ गते । बुवा गिरबहादुर बुढाथोकी र आमा बसन्ती बुढाथोकीको पहिलो सन्तान प्राथमिकदेखि हाइस्कुलसम्म सरस्वती मावि काठेकोहल । उच्च शिक्षा दाङ भ्याली कलेजबाट प्लस टु गरे ।
अहिले महेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा स्नातक अध्ययन गर्दै पोलिटिकल साइन्समा अध्ययनरत छन् । उनको पारिवारिक व्याकराउण्ड पनि कांग्रेससँगै जोडिएको थियो । आमा काठेकोहल स्कुल व्यवस्थापन समितिको सदस्य हुनुहुन्थ्यो । त्यसैले पनि म कलिलै उमेरमा नेविसंघको राजनीतिमा जोडिन पुगे, बुढाथोकी भन्छन् ।
नेविसंघमा आवद्ध विसं २०६२÷०६३ सालको जनआन्दोलनका वेला थियो । सरस्वती मावि काठेकोहलको नेविसंघ इकाई सभापति । दाङ भ्यालीको पनि नेविसंघ इकाई सभापति । नेविसं दाङ क्षेत्र नं. ३ को सचिव । नेपाली कांग्रेस घोराही—१५ को पार्टी सचिव । पन्ध्रौँ महाधिवेशनमा नेपाली कांग्रेस क्षेत्रीय प्रतिनिधि भए ।
हाल दाङ सोसाइटी क्लबको अध्यक्ष रहेको छ’ । जुन क्लब सामाजिक सेवाको उद्देश्यले विसं २०६५ सालमा खुलेको हो । क्लबले सरसफाई, खेलकुद, सांस्कृतिक कार्यक्रम, जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ । यो क्लबमा हाल कम्तिमा पनि ७ सय युवा आवद्ध छन् ।
प्रस्तुती : खेमराज रिजाल
