बिपद् जोखिम न्युनीकरण गर्न व्यवसायीलाई सचेतना

शरद रेग्मी
तुलसीपुर,१० जेठ । लुम्बिनी प्रदेश विपद व्यवस्थापन गुल्म तुलसीपुरले विभिन्न विपदबाट बच्न सचेतना अभियानलाई तिब्र बनाएको छ ।

तुलसीपुर उद्योग बाणिज्य संघको आयोजना एवम लुम्बिननी प्रदेश प्रहरी बिपद ब्यबस्थापन गुल्मको प्राबिधिक सहयोगमा बिपद् जोखिम न्युनीकरण सम्बन्धि सचेतना कार्यक्रम शुक्रबार तुलसीपुरमा गरिएको छ ।

विपदबाट बच्न र यसबाट हुने क्षति न्यूनिकरण गर्नका लागि विपद व्यवस्थापन गुल्म तुलसीपुरले नागरिकलाई सचेतना दिन अभियान तिब्र बनाएको हो । शुक्रबार तुलसीपुर उद्योग वाणिज्य संघको सभाहलमा सचेतना कार्यक्रम गरिएको लुम्बिनी प्रदेश विपद व्यवस्थापन गुल्म तुलसीपुरका प्रहरी नायव निरीक्षक बालाराम केसीले जानकारी दिएका छन् ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत आगलागी, बाढी पहिरो, डुबान, चट्याङको बारेमा प्रहरी नायव निरीक्षक बालाराम केसीले प्रशिक्षण दिएका थिए । उनले आगलागी भएपछि अपनाउनुपर्ने सतर्कता, आगलागी हुँदा के गर्ने, आपत्कालीन योजना निर्माण, घरमा ग्याँस सिलिण्डर लिक भएर लाग्ने आगो सर्तकतापूवर्क निभाउन सकिने बारेमा प्रशिक्षण दिएका थिए ।

नेपालमा प्राय आगो र ग्याँसमा खाना पकाउदा धेरै दुर्घटना भएकाले प्रयोगात्मक रुममा सचेतना गर्ने गरिएको उनले बताए । यसैगरी कार्यक्रममा प्रहरी सहायक हवलदार धनबहादुर चलाउने ग्याँस सिलेण्डर र मट्टीतेल जस्ता प्रज्जलनशील पदार्थलाई सुरक्षित ढंगले राख्नुपर्ने बताएका थिए ।

सानो आगो लागेमा फायर एस्ट्ररिङ गुसरले निभाउन सकिने बताएका थिए । खाना पकाउँदा वा काम गर्दा मानिसलाई आगोले पोलेमा दौडिने, शरिमा पानी हाल्ने भन्दा पनि हावा नछिर्ने कपडा शरिरमा बेरेर आगोबाट बच्न सकिने बताए ।

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले सबै व्यसायीहरूलाइ विपद प्रतिकार्यमा जुट्न सचेतना अभियान गरिएको बताए । उनले यस्ता जनचेतनामूलक कार्यक्रम सबै ठाउँमा फैलाउनुपर्ने आवश्यक रहेकोमा जोड दिएका थिए।