सुदन सुनार
रोल्पा, ६ जेठ । रोल्पाको सुनिल स्मृति गाउँपालिका–१ गोडागाँउमा रेड सोइल टेक इन्स्टिच्युट सञ्चालनमा आएको छ । ग्रामीण क्षेत्रका नागरिकलाई प्रविधि क्षेत्रमा दक्ष बनाउने उद्देश्यका साथ स्थापना गरिएको रेड सोइल टेक इन्स्टिच्युट सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो ।
ग्रामीण क्षेत्रका बालबालिकालाई न्यून शुल्कमा कम्पुटर शिक्षा सम्बन्धी ज्ञान दिने उद्देश्यले रेड सोइल टेक इन्स्टिच्युट स्थापना गरिएको कौशिला वली सुनारले जानकारी दिइन् ।
स्थानीयस्तरमै सूचना प्रविधि तथा सीपमूलक शिक्षाको पहुँच वृद्धि गर्ने उद्देश्यले स्थापना गरिएको भन्दै उनले भनिन्,‘सहरमा मात्र सीमित प्रविधि शिक्षालाई गाउँसम्म विस्तार गर्ने गरी इन्स्टिच्युट सञ्चालन गरेका छौं ।’
अहिले बेसिक कम्युटर सम्बन्धी शिक्षा दिन थालेको भन्दै चाँडै नै थप कोर्षहरू सञ्चालन गर्दै स्थानीय युवालाई ग्रामीण क्षेत्रमा स्तरीय शिक्षा प्रदान गरिने बताए।