हेमराज शर्मा
दाङ, ४ जेठ । नेपाल शिक्षक संघको ३३ औं स्थापना दिवसका अवसरमा एघार जना शिक्षकले रक्तदान गरेका छन । नेपाल शिक्षक संघ दाङले स्थापना दिवसको अवसरमा आज शनिबार घोराहीमा आयोजना गरेको कार्यक्रममा संघमा आवद्ध ११ जना शिक्षकले रक्तदान गरेका हुन।
रक्तदान गर्ने शिक्षकहरूमा बालचन्द्र शर्मा, गणेशदत्त भट्ट,शमसेर नेपाली,लक्ष्मी न्यौपाने,दिलिप डाँगी, हेमन्त अधिकारी,नन्दबहादुर वली,महेन्द्र के.सी.,निमबहादुर नेपाली, यादव शर्मा र कमल बहादुर खैकला मगर हुनुहुन्छ ।
रक्तदान गर्ने शिक्षकहरुलाई नेपाल शिक्षक संघ दाङले घोराहीमा आयोजित कार्यक्रम सम्मान पनि गरेको छ ।