आफ्नै गाउँ रमाइलो

युवराज शर्मा
नेपालका गाउँघर सुनसान पारेर विदेशीएका युवाहरु गाउँमा फर्के । उनीहरु भन्छन्– दलाललाई आठ लाख बुझाएर कोसोभो देशमा काम गर्न गइयो । भिसाको आधारमा दलालले दिएको काम पनि नेपालमा बाँझो जमिनमा काँडाका भाङ जस्तै उम्रेका थिए । त्यहाँको सरकारले बाहिरबाट लेबर ल्याएर खनाउँदो रहेछ ।

उर्वर जमिनमा खेती गरेर अन्न उब्जाउँदा रहेछन् । उनीहरु खाद्य आपूर्तिमा निर्भर हुँदा रहेछन् । आयात गर्ने खाद्य त्यहाँ पाइदो रहेनछ । आफ्न देशको खाद्य सामग्रीमा आत्मनिभएर हुँदा रहेछन् । चरित्रवान नेताहरु भएको देशमा राष्ट्रियताको ज्ञान जनताले गर्दा रहेछन् तर नेपाली युवाहरु भने पैसा लगाएर पैसा कमाउन आउँछौ ।

त्यो पैसाले आयातित खाद्य किन्छौ । हामीले कमाएको पैसाबाट कुनै काम पनि गर्न सकेका छैनौ । गाउँघरमा भएको आफ्नो पनि जमिन बाँझै छोडेर विदेशीनु गलत कार्य हो भने नेपाललाई घृणी गरेको छौ । दलालको पछि लाग्नु, धनपैसा लगाएर श्रमशक्ति विदेशमा खर्चनु भन्दा दुःख सहेर आफ्नै गाउँ रमाइलो गराउनु पर्छ ।

देशमा अन्न भण्डार बढाउनु पर्छ भन्ने ज्ञान कोसोभोले सिकायो भन्छन् गाउँका युवाहरु । विश्वका देशहरुमा सहरबजारमा बसोबास गर्नेहरु उद्योग र व्यापारमा छन् तर गाउँमा बस्ने गाउँलेहरु खेतीपाती गरेर जीवनयापन गर्छन् । उनीहरु मध्ये खेतीपाती गर्नेहरुले खाद्य उत्पादन गर्छन् ।

विदेश गएर नोकरी गर्नेले । खाद्य सामग्रीहरु आयात गर्छन् । विदेशमा दुःख गरेर घरमा ल्याएको पैसा विदेशतर्फ फर्काउँछन् । हिसाब गर्दा हातमा शून्य हुन्छ । दुःखमा आफ्नै गाउँ रमाइलो हुन्छ भन्ने ज्ञान गर्न सकेको पाइन्छ । अहिले नेपालबाट विदेशीनेहरुमध्ये धेरै सङ्ख्या भारतमा छ । भारतमा जान आउन नेपालको पूर्व, पश्चिम र दक्षिणतर्फका सीमा नाकाहरु खुलाउँछन् ।

जहाँबाट आउजाउ गर्न नेपाली र भारतीयहरुलाई समस्या छैन । हुनतः भारतको चेकपोष्टमा भारतीयहरुलाई आधार कार्ड र नेपालीहरुलाई नागरिकता खोज्छ तर मनसुनमा आउजाउ सीमाबाट गर्छन् । कतिपय तराईका मानिसहरुले सामानहरु खरिद गर्न आउजाउमा छुट पनि पाएका छन् । यसबाट के प्रमाणित हुन्छ भने भारतीय बजारलाई सीमा नाकामा बढवा छ ।

नेपाली भन्सारले र प्रहरीहरुको गस्तीले निमुखा नेपाली नागरिकलाई दुःख दिन्छ । उनीहरुलाई धेरै सताउँछन् तर उनीहरुको आवाज सुनाई गर्ने निकाय छैन । गाउँबस्तीलाई रमाइलो बनाउन पाँच प्रकारका विषयहरुमा योजना आयोगको र अर्थ मन्त्रालय कार्यमा संलग्न हुनुपर्छ । तबमात्र दुःखमा आफ्नै गाउँ रमाइलो हुन्छ । प्रथम आउजाउ गर्ने सुधारिएको सडक । जब सडक सहज बन्छ, तब गाउँ रमाइलो बन्छ ।
दोस्रो घर–घरमा खानेपानीको धारा । गाउँघरमा पानीको समस्या छ । खानेपानीको व्यवस्था नभएर नेपालका धेरै गाउँ छोड्न जनता बाध्य छन् । तेस्रो विद्युत आपूर्ति । उज्यालो पनि अहिले अनिवार्य भइसक्यो । विद्यार्थीलाई पढ्न, गृहिणीहरुलाई घरेलु काम गर्न, कुटिर उद्योग चलाउन पनि विद्युत चाहिन्छ । गाउँघरको रमाइलो पनि उज्यालोले प्रभाव पार्छ ।

सिँचाइमा उर्जाशक्ति आपूर्ति गर्न विद्युतीकरण गाउँघरमा हुनुपर्छ । चौथो सिँचाइ कुलो पक्कि र पोखरीहरुको राम्रो व्यवस्था हुनुपर्छ । जसबाट खेतीपाती गर्दा पानीको अभाव कुलाको कारणले नपरोस् । जस्ता सोचाई सरकारले नै निर्माण गरिदिनु पर्छ । जसले खाद्य उत्पादनमा वृद्धि भई खाद्य आपूर्तिका लागि किसानलाई सहयोथ पुग्छ ।

जबसम्म किसानलाई प्रोत्साहन गरिँदैन तबसम्म खाद्य सामग्रीमा देश आत्मनिर्भर हुँदैन । पाँचौ सञ्चार मिडियाको ज्ञानका लागि नेटको विकास । वर्तमान समयमा ज्ञानको विकास र पारदर्शिताका लागि सञ्चारको महत्व बढेको छ । विश्वलाई चिनाउने र कृषि कर्ममा आत्मनिर्भर बन्न कृषिका कार्यक्रमहरु गाउँलेहरुका लागि आवश्यक पर्दछ । त्यसको परिपूर्ति सञ्चार माध्यमले पूरा गर्नसक्छ ।

अहिले बढ्दो सामाजिक भावना, ऐतिहासिक ज्ञान, आर्थिक विकास, शैक्षिक ज्ञान र सिपको विकास, प्रविधिको ज्ञानका लागि नोट वर्कको भूमिका छ । गुगलले विश्वलाई मानिसका मुठीमा राखिदिएको छ । त्यसको प्रयोग गर्नु मान्छेका लागि अनिवार्य भयो तर मोवाइलको प्रयोगले गर्दा धेरै विकृतिहरु भित्रिएका छन् । गुण र दोष हरेकमा हुन्छ । त्यसको प्रभाव समाज र समूहमा परेको छ ।

विदेशीएका युवाहरुले भन्छन्– नेपाली माटो उर्वर छ । खेतीपाती र पशुपालन नेपाली गाउँघरको मुख्य पेसा हो । गाउँलेहरुको जीवनयापन नै खेतीपातीमा अडेको छ । जबसम्म खेतीको विकास हुँदैन कोशोभो देशले नेपालीहरुलाई मजदुर बनाएर जमिन खनाइरहेको छ । त्यस देशमा यान्त्रिक साधनहरुको प्रयोग गरेर खेती हुन्छ । तब देश खाद्यमा आत्मनिर्भर छ ।

नेपालमा खेती काठको हलो र गोरुबाट हुन्छ । सम्मो भागमा भाडाका टोक्टर प्रयोग गरेपनि खेती गर्दा महंगो पर्छ । खेतीबाट खर्च उठ्दैन । त्यसकारण युवाहरु विदेशीन बाध्य भएका छन् । त्यसमा पनि पैसा तिर्दा मल बिउ र ओखती पाउँदैनन् । यस्तो अवस्थामा आफ्नो गाउँठाउँलाई छोडेर विदेशीनु पर्दाको पीडा युवा वर्गमा बढेको छ । आफ्नै गाउँघर रमाइलो भए पनि छोड्नु परेको छ ।

नेपालीहरुलाई आफ्नै गाउँ रमाइलो लाग्छ । प्राकृतिक सुन्दरता छ । जलस्रोतको भण्डार छ । हिमाल, पहाड र तराईको समथर भू–भाग । बहुदलीय व्यवस्था छ । अखण्ड प्यारो नेपाल भए पनि विखण्डकारी दलीय भावनाका नेतृत्व वर्ग छ । नेताले चर्का भाषण गर्ने र झुठा आश्वासन दिन्छन् । जनतालाई समृद्धिको नारा लगाउँछन् तर मौका पाएमा आफै समृद्धि बन्छन् ।

युवाहरुलाई विदेश पठाएर रेमिटेन्सबाट कमिशन खान्छन् । गाउँघरमा हिड्ने बाटोको अभाव छ तर नेताहरुले मोटर कुदाएर हिड्छन् । त्यो पनि असहज ठाउँमा । आफ्नै जन्मथलो गाउँलाई बिर्सेका छन् । सहरबजारमा रमाएका बासिन्दा बनेका छन् । आयातित खाद्यमा निर्भर छन् । भन्छन्– हामी नेपाली, हाम्रो नेपाल ।