जग्गा तथा आवास विकास संघको अधिवेशन हुने

गोरक्ष समाचारदाता
दाङ, १ जेठ । दाङ जग्गा तथा आवास विकास संघको यही जेठ ३ गते प्रथम अधिवेशन हुने भएको छ ।

संघले बुधवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रथम अधिवेशन तथा वार्षिक साधारणसभाको बारेमा जानकारी दिएको हो । प्रथम अधिवेशन तथा वार्षिक साधारणसभाको उद्घाटन जग्गा तथा आवास विकास महासंघका केन्द्रीय अध्यक्ष विष्णु घिमिरेले गर्ने भएका छन् ।

पत्रकार सम्मेलनमा दाङ जग्गा तथा आवास विकास संघका अध्यक्ष श्रीधर महराले कोरोनापछि पनि घर जग्गा कारोबार लयमा नआउँदा धरासायी अवस्थामा रहेको भन्दै अध्यक्ष महराले जग्गा कारोबारलाई चलायमान बनाउनका लागि स्पष्ट नीति बनाउनु पर्र्ने बताएका थिए ।