गोरक्ष समाचारदाता
दाङ, ३१ वैशाख । नेपाल किसान महासंघ दाङले किसानलाई सहज रूपमा मल उपलब्ध गराउन माग गरेको छ । खेतीको समय सुरु हुन थालेको र मल सहज रूपमा वितरण हुन नसकेको भन्दै सहज बनाउन माग गरेको छ । महासंघले जिल्ला प्रशासन कार्यालय दाङमा मङ्गलवार ज्ञापनपत्र बुझाएर यस्तो माग गरेका हुन् ।
वर्षेखेतीको लागि रासायनिक मलको अभाव हुन थालेकाले रासायनिक मल प्राप्त हुँदाहुँदै किसानले पाउन नसकेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । मल व्यवस्र्थित रूपले वितरण गर्न नसेकेको विभेदपूर्ण तरिकाबाट वितरण भइरहेको हुँदा किसानलाई मर्का परेको हुँदा सहज बनाउन ज्ञापनपत्रमा भनिएको छ ।
महासंघले मङ्लवार नै कृषि सामग्री संस्था र साल्ट टे«डिङ लिमिटेडमा ज्ञापनपत्र बुझाएको किसान महासंघ दाङका अध्यक्ष चन्द्रप्रसाद चौधरीले जानकारी दिए । ज्ञापनपत्र बुझाउन महासंघका अध्यक्ष चौधरीको नेतृत्वमा सचिव रामबहादुर केसी, क्षेत्र नं २ का अध्यक्ष बलबहादुर बुढाथोकी, वेदप्रसाद चौधरी, कासीराम गिरी, सुलोचन चौधरी, शरद बुढाथोकी, नक्कुलाल चौधरी, वेदप्रसाद केसी ऋषिराम चौधरीको सहभागिता रहेको थियो ।