तुलसीपुर, २९ बैशाख । तुलसीपुरमा अत्याधुनिक मेसिनबाट भिडियो एक्स–रे सेवा सञ्चालन भएको छ । पुष्पन हेल्थकेयर प्रालिले सोमवारदेखि तुलसीपुर– ५ ग लाईनवाट पश्चिम क्षेत्रकै पहिलो अत्याधुनिक मेशिनबाट दक्ष तथा अनुभवि बरिष्ठ रेडियोलोजिष्टवाट भिडियो एक्स–रे सेवा सञ्चालन गरेको जनाएको छ ।
प्रालिले बिशेष गरि रात्रीकालिन सेवा प्रवाहका लागि सेवा सुरू गरेको बरिष्ठ रेडियोलोटिष्ट डा पुष्पराज रिजालले जानकारी दिएका छन् । पुष्पन हेल्थकेयर प्रालिले थिरिडि,फोरडि, स्क्यान,एनोमलि स्क्यान, पेट तथा छातिको भिडियो एक्स–रे, घाँटी, स्तन, अण्डकोषको भिडियो एक्स–रे हात खुट्टा,जोर्नीहरुको भिडियो एक्स– रे, नवजात शिशुको टाउकोको भिडियो एक्स– रे, गाँठागुठी,मासुपलाएको भिडियो एक्स– रे, गर्भको जाँच र महिलाको तल्लो पेट तथा पाठेघर जाँच लगायतको सेवा दिने डाड्ड रिजालले जानकारी दिए ।
यो सेवा सञ्चालन संगै अव रात्रीकालिन समयमा विरामी तथा सर्वसाधारण सेवा ग्राहीलाई वाहिर जानु पर्ने वाध्ता अत्यभएको उनले बताए । ‘विशेषगरि रात्रिकालिन समयमा यहाँ सेवा नपायर वाहिर जानु पर्ने वाध्ताछ, यसको अत्यका लागि पनि यो सेवा सुरू गरेका हौँ’, डा रिजालले भने । डा रिजालले रात्री कालिलन अवस्थामा पनि पुष्पन हेल्थकेयर प्रालिले सेवा दिने बताए ।