हेमराज शर्मा
दाङ, २७ बैशाख । नेपाल शिक्षक संघ दाङले जेठ ३ गते शनिबारका ३६ औ स्थापना दिवस मनाउने निर्णय गरेको छ ।
नेपाल शिक्षक संघ दाङका अध्यक्ष प्रकाश डाँगीको अध्यक्षतामा आज शनिबार सम्पन्न बैठकले बिबिध कार्यक्रम गरि संघको स्थापना दिवस मनाउने निर्णय गरेको बैठकपछि संघका जिल्ला सदस्य बालचन्द्र शर्माले जानकारी दिएका छन् । स्थापना दिवसमा २०८१ बैशाख १ गतेदेखि चैत्र मसान्तसम्म सेवानिवृत्त एवं स्वेच्छिक अवकास लिएका नेपाल शिक्षक संघमा आवद्ध शिक्षकहरुलाई सम्मान गर्ने र बृहत् रक्तदान कार्यक्रम संचालन गर्ने भएको छ ।
त्यसैगरी पूर्व शिक्षक एवं शिक्षाप्रेमीको रुपमा डिल्लीबहादुर डाँगी र प्रजातन्त्र सेनानीको रुपमा शिक्षक संघ दाङका पूर्व कोषाध्यक्ष तथा प्रजातन्त्र सेनानी संघ दाङका अध्यक्ष हरी सुवेदीलाई पनि सम्मान गर्नेलगाएतका कार्यक्रम गर्ने भएको छ । स्थापना दिवस कार्यक्रमको तयारीका लागि संघका उपाध्यक्ष दामबहादुर बुढाथोकीको संयोजकत्वमा सचिब सुर्यबहादुर बस्नेत,सचिब अर्थ निशान्त आचार्य,सह सचिब लक्ष्मी न्यौपाने, सदस्य बालचन्द्र शर्मा,सदस्य बिमला उप्रेती र सदस्य पार्वता भुसाल रहेको तयारी समिति गठन गरेको छ ।
बैठकमा नेपाल शिक्षक संघ लुम्बिनी प्रदेशका संस्थापक अध्यक्ष एवं नेपाली कांग्रेस दाङका सचिब अर्जुनकुमार योगी, नेपाल शिक्षक संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष रमेशकुमार पाण्डेय, नेपाल शिक्षक महासंघका अध्यक्ष युबराज बस्नेत, नेपाल शिक्षक संघ संघीय कार्यसमितिका पूर्व उपाध्यक्ष अमरबहादुर खड्का, नेपाल शिक्षक संघ लुम्बिनी प्रदेश सदस्य लेबेन्द्र केसीलगाएतकाले आफ्नो धारणा राखेका थिए । नेपाल शिक्षक संघ दाङको स्थापना दिवस बैशाख ३० गते भएतापनि विद्यार्थीहरुको पठनपाठनलाई मध्यनजर गर्दै जेठ ३ गते शनिबारका दिन निर्णय भएको ।