गोरक्ष समाचारदाता
दाङ, २६ वैशाख । पत्रकार तथा मिडिया हाउसका प्रतिनिधिका लागि दुईदिने क्षमता अभिवृद्धि तालिम घोराहीमा सुरु भएको छ । राप्ती सञ्चार सेवाको आयोजना तथा नेपाल पत्रकार महासंघ दाङको समन्वय एवम् इन्टरनेसनल एलर्टको सहयोगमा स्थानीय पत्रकार तथा मिडिया हाउसका प्रतिनिधिका लागि तालिम सुरु भएको हो ।
नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताले बदलिँदो समयसँगै पत्रकारले आफ्नो क्षमता विकासमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए । दुई दिनसम्म सञ्चालन हुने तालिमले पत्रकारहरूको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने बताएका थिए ।
तालिमको उद्घाटन कार्यक्रममा महासंघका केन्द्रीय सदस्य लीला शाह, पत्रकार महासंघका लुम्बिनी प्रदेश महासचिव पाण्डवप्रसाद शर्मा, नेपाल पत्रकार महासंघ दाङ शाखाका निवर्तमान अध्यक्ष तथा सल्लाहकार दुर्गालाल केसी, महासंघ दाङ शाखा पूर्वअध्यक्ष डा. सुदीप गौतम, सञ्चारिका समूह दाङकी अध्यक्ष रन्जिता अधिकारीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको सहजीकरण महासंघ दाङ शाखा सचिव जेएन सागरले गरेका थिए । तालिममा दाङ र रुपन्देहीका पत्रकारहरूको सहभागिता रहेको छ । शनिवारसम्म चल्ने तालिमको प्रशिक्षकमा पत्रकार महासंघका पूर्वअध्यक्ष सुदीप गौतम, दुर्गालाल केसीलगायतका रहेका थिए ।