घोराहीमा बिग्रिएको अण्डा बिक्रि गर्दै हिँड्ने व्यक्ति नियन्त्रणमा

घोराही, २३ बैशाख । दाङको घोराही बजारमा बिग्रिएको अण्डा बजार बिक्रि गर्दै हिँडेका एक जनालाई नियन्त्रणमा लिई अण्डा जफथ गरिएको छ ।

खानसमेत अयोग्य बिग्रिएको अण्डा सस्तो दररेटमा माईकिङ गर्दै बिक्रि गर्दै हिँडेका एक व्यक्तिलाई नियन्त्रणमा लिई पाँच पेटी अण्डासमेत जफथ गरिएको छ ।
सप्लायर्सबाट ल्याएर कुहिएको अण्डा बजारमा बिक्रि गर्दै गरेको अवस्थामा ती व्यक्तिलाई २ घण्टा नियन्त्रणमा लिई पाँच पेटी अण्डासमेत जफथ गरिएको छ ।

साथै, अण्डा उत्पादक र व्यवसायीलाई समेत बदनाम गराउने गरी यस प्रकारको काम नगर्ने प्रतिवद्धतासहित पहिलो पटकलाई ती व्यक्तिलाई छाडिएको नेपाल लेयर्स कुखुरा पालक संघ दाङका सदस्य हरपल केसीले जानकारी दिनुभयो ।

कुहिएको खान अयोग्य अण्डा बिक्रि गर्दै नागरिकको स्वास्थ्यमाथि खेलवाड गरिएको घटना प्रति नेपाल लेयर्स कुखुरा पालक संघ दाङले चासो लिँदै यस प्रकारका गतिविधि कहीँकतै भई रहेको भए सम्बन्धित निकायमा तत्काल जानकारी गराउन पनि उहाँले आग्रह गर्नुभएको छ । उहाँका अनुसार, ती व्यक्तिले विगत केही दिनदेखि घोराही बजारमा माईकिङ गर्दै बिग्रिएको अण्डा सस्तो मुल्यमा बिक्रि गरेको पाईएको छ ।

दाङमा नेपाल लेयर्स कुखुरा पालक संघले ४ सय ५० देखि ५ सय रुपैयाँ प्रति क्यारेट अण्डाको आकार अनुसार कारोबार गर्दै आएको छ । जिल्लामा हाल दैनिक १७ सय पेटी अण्डा उत्पादन हुने गरेको नेपाल लेयर्स कुखुरा पालक संघ दाङले जनाएको छ ।