सुन्दर तुलसीपुर, सुरक्षित तुलसीपुर’ अभियानलाई नबिल बैंकद्वारा ‘तीन लाख सहयोग

शरद रेग्मी
तुलसीपुर, २२ वैशाख । नबिल बैंक लिमिटेडको तुलसीपुर शाखाले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत ‘सुन्दर तुलसीपुर, सुरक्षित तुलसीपुर’ अभियानका लागि (तीन लाख रुपैयाँ) सहयोग गरेको छ।

कार्यक्रममा नबिल बैंक तुलसीपुर शाखाका प्रमुख सुधिर भण्डारीले नबिल बैंकले सामाजिक क्षेत्रमा निरन्तर क्रियाशीलता देखाउँदै आएको उल्लेख गर्दै भने, “हामी केवल आर्थिक सेवा प्रदायक मात्र होइनौं, समाज प्रतिको उत्तरदायित्व पनि समान रूपमा निर्वाह गर्दै आएका छौं।”

सो अवसरमा प्रदेश प्रमुख सूर्य रोकाले बैंकलाई यस्तो सामाजिक अभियानमा साथ दिन पाउने मौका दिएकोमा आयोजकप्रति आभार प्रकट गरे।तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले नबिल बैंकले विगतदेखि नै सामाजिक कार्यमा अग्रसरता देखाउँदै आएको उल्लेख गरे !