विश्व प्रेस स्वतन्त्रता दिवसका अवसर मुख्यमन्त्री पोख्रेलद्धारा शुभकामना

दाङ, २१ बैशाख । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले शुभकामना दिदै सत्य र तथ्यमा टेकेर जिम्मेवारीबोधका साथ पत्रकारिता गर्न आवश्यक रहेको बताएका छन । विविधतायुक्त समाजलाई एकताबद्ध बनाउन र स्थिरता दिन जिम्मेवारीबोधका साथ गरिने पत्रकारिताबाट मात्र सम्भव भएको उनले बताएका छन ।

नेपालको संविधानले स्वतन्त्र प्रेसलाई प्रतावनामै उल्लेख गरी प्रेस स्वतन्त्रताको मुल्य र मान्यतालाई स्थपित गरेको भन्दै विज्ञप्तिमा प्रेसलाई भयमुक्त भई काम गर्ने वातावरण गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरिएको छ । पत्रकारको अभिबृद्धि र संचार संस्थाको सवलीकरणकालागि प्रदेश सरकार गम्भीर भएको समेत मुख्यमन्त्री पोख्रेलले बताएका छन्।

यतिखेर विश्व कोरोना विरुद्ध लडिरहेको समयमा प्रेसले खेलेको भूमिका प्रसंशनीय भएको उल्लेख गर्दै मुख्यमन्त्री िपोख्रेलले ‘कोरोना विरुद्धको लडाइमा नेपाली प्रेसले खेलेको भूमिका प्रसंशनीय भएको बताएका छन ।

सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले घोषणा गरेपछि युनेस्कको आह्वानमा हरेक वर्ष मे ३ का दिन बिश्वभर बिश्व प्रेस स्वतन्त्रता दिवस मनाइदै आएको छ । यस वर्ष भए र पक्षधरतामुक्त पत्रकारिता भन्ने नाराका साथ यो दिवस मनाइदै छ ।