दाङ,२१ बैशाख । घोराही उपमहानगरपालिका–१४ निवासी गणेशप्रसाद रोकामगरले ४० हजार मुल्य बराबरको खाद्यान्न प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीको सचिवालय राहत कोषमा सहयोग गरेका छन ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणकालागि सरकारले घोषणा गरेको लकडाउनका क्रममा विपन्न तथा दैनिक ज्यालामजदुरी गर्ने वर्गलाई परेको समस्या सहयोग पु¥याउने उद्देश्यले प्रतिनिधिसभास सदस्य मेटमणि चौधरीको स्थापना गरेको सचिवालय राहत कोषमा ८४ वर्षीय गणेशप्रसाद रोकामगरले ४० हजार मुल्य बराबरको राहत सामग्री सहयोग गरेका हुन ।

रोकाले कोषमा ४० हजार रकम बराबरको २५ बोरा चामल,३० केजी दाल ५० केजी नुन,२२ लिटर तेल,४० प्याकेट सोयाबिनलगायतकोे सामग्री छोराहरु नारायणप्रसाद रोकामगर र कैलाश रोकामगरले सचिवालयलाई हस्तान्तरण गरेका थिए । कौलाश रोकामगर नेकपाका जिल्ला कमिटि सदस्य समेत रहेका छन ।
सचिवालयलाई सहयोग गर्ने रोका परिवारलाई प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले धन्यावाद ज्ञापन समेत गरेका छन । केही दिन अघि मात्र रोका परिवारले घोराही उपमहानगरपालिका वडा नं. १४ लाई ५० हजार मुल्य बराबरको खाद्यान्न सहयो गरेको थियो ।