राप्ती साहित्य परिषद्को अध्यक्षमा देवकोटा

गोरक्ष समाचारदाता
दाङ, २१ वैशाख । राप्ती साहित्य परिषद्को अध्यक्षमा कमलमणि देवकोटा सर्वसम्मत चयन भएका छन् ।

दाङको घोराहीमा सम्पन्न १५औँ अधिवेशनबाट देवकोटा सर्वसम्मत चयन भएका हुन् । त्यस्तै परिषद्को वरिष्ठ उपाध्यक्षमा दीपक शर्मा, महासचिवमा आदिम केसी, सचिवमा शारदा शर्मा र कोषाध्यक्षमा बसन्त पोख्रेल चयन भएका छन् ।

सदस्यहरूमा धनसिंह गिरी, सुवास न्यौपाने, सरीता देवकोटा, पूर्ण वली, सिर्जना शर्मा, ओमबहादर खत्री, निमा पुनमगर, भावना खड्का, गोविन्द पुन ‘गिरिष’, तारादेव शर्मा, झरना चन्द, मोहनसिंह घर्ती रहेका छन् ।