प्रथम स्व. हेमलाल कँडेल स्मृति टि–२० क्रिकेट प्रतियोगिता हुँदै

लक्ष्मण बस्नेत
दाङ,१६ वैशाख । दाङको भमकेमा यहि वैशाख १८ गतेदेखि संचालन हुने प्रथम स्व हेमलाल कडेल स्मृति टि–२० क्रिकेट प्रतियोगिता २०८२ को तयारी तिव्र पारिएको छ ।

हेमलाल स्मृति प्रतिष्ठान तुलसीपुर–१ भमकेको आयोजना तथा नया बर्ष २०८२ सालको उपलक्ष्यमा मदन भण्डारी रंगशाला तुलसीपुर–१ भमकेमा संचालन हुने प्रतियोगिताको तयारी स्वरुप खेलमैदान मर्मत,आर्थिक तथा प्राविधिक पक्ष,टिम दर्ता,लगाएत अन्य तयारीलाई तिव्र पारिएको प्रतियोगिता ब्यबस्थापन संयोजक खगेन्द्र नेपालीले जानकारी दिएका छन् ।

बैशाख २२ गतेसम्म संचालन हुने प्रतियोगिताको बिजेता टिमलाई नगद ५० हजार, कप, मेडल प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै उपबिजेता टिमले नगद २५ हजार,कप, मेडल प्रमाणपत्र हात पार्नेछ ।

त्यसैगरी प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी मध्य व्यक्तिगत बिधातर्फ म्यान अफ द टुर्नामेन्टलाई नगद चार हजार कप तथा मेडल,वेष्ट ब्याट्सम्यान र वेष्ट बलरलाई क्रमशः जनही दुई हजार पाँच सय नगद तथा मेडल प्रमाणपत्र तथा उदयमान खेलाडीलाई नगद दुई हजार मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

त्यस्तै प्रतियोगिताका प्रत्येक म्याचका म्यान अफ द म्याचलाई नगद पाँच सय र साथमा ट्रफि प्रदान गरिने आयोजकले जानकारी दिएकोछ । आयोजकले प्रतियोगितामा टिम सहभागिताका लागि जिल्लामा स्थापित क्रिकेट क्लबलाई अनुरोध गरेको छ भने झन्डै १२ टिमको सहभागिता रहने अनुमान गरिएकोछ ।

साथै प्रतियोगितामा टिम दर्ताका लागि बैशाख १७ गते बिहान १० बजेसम्मको समय तोकिएको संयोजक नेपालीले जानकारी दिएका छन् ।