दाङमा बस दुर्घटना, दुई जनाको मृत्यु

प्रिया स्मृती गजमेर
दाङ, ५ वैशाख । दाङको लमही–भालुवाङ सडकखण्डअन्तर्गत राप्ती गाउँपालिका–५ लठ्हवा नजिक बस दुर्घटना हुँदा दुई जनाको मत्यु भएको छ ।

कृष्णनगर घोराहीतर्फ आउँदै गरेको बा ३ ख ७९९६ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा दाङको राजपुर गाउँपालिका–५ बस्ने ५७ निमसरोज यादव र घोराही उपमहानगरपालिका–३ झिङ्गनी निवासी ३५ बर्षिय पुष्पा नेपाली रहेका छन् ।

दुर्घटनामा परेर १५ जना घाइते भएका छन् ।दुर्घटनामा परेर १५ जना बढी घाईते भएका छन् । बा ३ ख ७९९६ नम्बरको बस राप्ती–५ लठह्वामा दुर्घटनामा पर्दा राजपुर गाउँपालिका–५ निवासी ५६ वर्षीय निलसरोज यादवको उपचारको क्रममा मृत्यु भएको थियो । घाइतेहरूको सिसहनियाँ र लमहीमा उपचार भइरहेको छ । तीव्र गतिमा रहेको बस अनियन्त्रित भई दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परेर प्यूठान नगरपालिका–६ निवासी २७ बर्षिया मनिसा गुरुङ्ग, उनकी बहिनी भावना गुरुङ्ग, सोही ठाउँकी ९५ बर्षिया सुमित्रा गुरुङ्ग, लमही–४ की २४ बर्षिया रासु थापा, घोराही उपमहानगरपालिका–१० निवासी ४२ बर्षिय ललित वली, शिवराज नगरपालिकाकी २८ बर्षिया सरस्वती घर्तीमगर, उनकी चार महिनाकी छोरी रिया घर्ती, लमही–५ निवासी २५ बर्षिया संगिता जिसी, घोराही–५ निवासी ५० बर्षिया चोपिकला खत्री, सोही ठाउँका ५० बर्षिय बलबहादुर खत्री घाईते भएका छन् ।

यस्तै शिवराज नगरपालिका–२ निवासी ४५ बर्षिया पिउमाली घर्ती, सोही ठाउँ निवासी २३ बर्षिया सवनम नाउ, प्यूठान नगरपालिका–३ निवासी ५ बर्षिय प्रभास गुरुङ्ग, लमही–५ निवासी २५ बर्षिय साहिद हुसेन लगायत घाईते भएको प्रहरीले जनाएको छ ।

कृष्णनगर नजिक रहेको भारतीय बजारमा किनमेल गरेर फर्किदै गरेकाहरु बसमा सवार थिए । १३ जनालाई थप उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएको छ भने दुई जना प्राथमिक उपचारपछी घर फर्किएको प्रहरीले जनाएको छ ।