सरदार भक्ति थापाको स्मृति दिवस किन मनाउने ?

मीन बहादुर केसी
सरदार भक्ति थापा वि सं १७९८ सालमा लमजुङमा जन्मिएका थिए । उनको आत्रेय गोत्रका पुवार थापा थर थियो । उनको पिताको नाम असरसिंह थापा र हजुरवुवाको नाम प्रताप थापा थियो । सरदार भक्ति थापा लमजुङगे राजा बीरमदन शाहको फौजमा थिए ।

राजाबाट सरदार पदवी समेत पाएका थिए । पर्वतका काजी बलिभञ्जन मल्लद्धारा नेतृत्व गरिएको संयुक्त सेनासँग लमजुङको सेना मिली सन् १७८३ मा नेपाली सेवा विरुद्ध युद्ध भयो । नेपाल, पर्वत र लमजुङ वीच चलेको युद्धमा भक्ति थापा घाइते भएर पक्राउ परे । उनी एक लडाकु र विर योद्धा थिए । भक्ति थापालाई आराम भएपछि बडाकाजी अमरसिंह थापाको प्रयत्नबाट नेपाली सेनामा बसेर सेवा गर्ने कुरामा मञ्जुर गरेका थिए । सर्वप्रथम नेपाली सेनाको सवाङगी पद पाए भने सन् १९९४ मा सरदार पद पाएका थिए ।

नेपाल एकीकरणपछि जुम्ला, डोटी, मुगु, हुम्ला, अछाममा तिव्वतको उक्साबरबाट नेपाल विरुद्ध विद्रोह चल्यो । त्यसलाई भक्ति थापाले सफलतापूर्वक दमन गरेका थिए । सन् १९९२ मा नेपाली सेनाले तिव्वत र चीनसँगको सेनासँग युद्ध गर्न परेको हुनाले पश्चिम नेपालको विस्तार हुन पाएन । त्यसको परिणाम के भयो गढ्वालतिर नेपालीको प्रभावमा सिथिलता आउन थाल्यो । त्यस कारण पश्चिम नेपालमा एकीकरण विपरित विद्रोहहरु फटाफट हुन थाले । भेरी नदी पश्चिमतिर उडेका नेपाल विद्रोहका विद्रोहीहरुलाई दमन गर्ने अविभारा भक्ति थापालाई मिलेको थियो । उनले आफ्नो साहस, बल, कुटनिती तथा कुशलता नेपाल विद्रोहका विद्रोहीलाइ दमन गरेका थिए ।

कामले नेपाल सरकारलाई रिझाएकाले उनलाई त्यस समयमा कुमाउको गभर्नर पदमा नियुक्ति पाएका थिए । कुमाउमा परीआएको प्रशस्त अधिकार पाएका थिए । भक्ति थापाले कुमाउको जुहार भोरमा आक्रमण गरी वि सं १८५२ सालमा सफलता प्राप्त गरेका थिए । काजी नयनसिंह थापा युद्धका लागि काँगडा पुगेपछि त्यसकिल्ला भन्दा पूर्वपछिको तेहरी किल्लामा घेरा हान्न भक्ति थापालाई खटाइएको थियो । बनबाजिरको नेतृत्वमा भक्ति थापासँग लड्न आएको यात्रु सेनालाई नेपाली सेनाले पराजित गरी बनबाजिरलाई मारिदियो । भक्तिा थापा वडाकाजी अमरसिंह थापालाई मलाउ युद्धमा सहयोग गर्नका लागि मलाउ गएको मौका पारी देउथलमा थोरे रहेका नेपाली सैनिकलाई हटाइ अङग्रेजले देउथल कव्जा गरे ।

नेपालको आफ्नो देउथलमा अङग्रेज शैयाले कव्जा गरेकोले नेपाली सेनाले देउथलमा आक्रमण गरे । नेपाली सेनाको अगुवाई भक्ति थापाले गरेका थिए । नेपाली सेनाले अङग्रेजका तोप्चीलाई निशान बनाएपछि अङ्ग्रेजहरुले तोप पट्काउन छोडेको बेला नेपााली सेना किल्लानेर पुगे । भिड्ने साहस गरे । भक्ति थापालाई अचानक छातीमा गोली लाग्दा उनी जमोनमा ढले । उनले वीरगति वि सं १८७२ साल वैशाख ३ गते प्राप्त गरे । कास्कीदेखि काँगडा युद्धसम्मको विशेष भूमिका भक्ति थापाको थियो । राष्ट्र जन्माउन, राष्ट्र बचाउने हाम्रा वीर पूर्खा भक्ति थापा लगायत योगदान गरेकाहरुको प्रत्येक वर्ष स्मृति दिवस मनाउन र सातै प्रदेशमा स्मारक बनाउन अनुरोध छ ।

मीन बहादुर केसी
शान्तिनगर ४ गिधनियाँ दाङ ।