मेरो खुशी : कखरा सिकेको विद्यालयमा प्रमुख हुँदा …

उनी सधै कर्ममा तलिन हुन्छन् । मैले उनलाई भेट गर्दा पनि उनले शैक्षिक सत्र २०८२ को भावि शैक्षिक रणनीति र शिक्षालाई कसरी सुधार र विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने भन्ने योजना बुनिरहेका थिए । जीवनका उकाली ओरालीमा उनका बाल्यकालका दुःख धेरै छन् तर सकारात्मक सोच र आफूलाई शिक्षा क्षेत्रमा अब्बल सावित गर्दै शिक्षाको ज्योति फैलाइरहेका ठाकुरप्रसाद डाँगीले दुःखभित्र पनि खुसी भेटिएको बताए ।

२०३७ सालमा दंगीशरण–७ रतपहलमा जन्मिएका ठाकुरले ८ वर्षको उमेरमा क, ख, रा सिकेको सम्झिए । बुबा÷आमा हुर्मत र गायत्री डाँगीबाट तीन बहिनी छोरी र ४ भाइ छोरामध्ये साइलो छोरा ठाकुरले श्री सिद्धपृथ्वी जनता मावि कक्षा १ देखि एसएलसीसम्म पढेर सोही विद्यालयमा खुलेको श्री सिद्धपृथ्वी क्याम्पस प्रमुख भएको दिन आफ्नो पहिलो खुसीको क्षण भएको सम्झिए । ‘मैले क, ख, रा पढेको विद्यालयमा म क्याम्पस प्रमुख भएको थिए त्यो दिन म खुसीले गदगद भएको थिए, यही मेरो जीवनको पहिलो खुसी हो’ ठाकुरले भने ।

ठाकुरले २०७१ सालमा आफू क्याम्पस प्रमुखको जिम्मेवारी पाएको र त्यतिबेला धेरै खुसी भएको उनले बताए । उनले गाउँघरमा बढाईभन्दा पनि गाईवस्तु चराउने र घरायसी काममा लाग्ने पहिलेको चलन भएको भन्दै त्यसका बिच पनि आफूले शैक्षिक यात्रालाई पुर्नविराम नदिएर शिक्षा हासिल गर्न सफल भएको भन्दै खुसी व्यक्त गरे । उनले आफूलाई शिक्षा क्षेत्रमा सहयोग गर्ने र ज्ञान दिने ज्ञाननाथ योगी, हरि देवकोटा, बामदेव आचार्य, वृण्दा योगी, चेतकान्त आचार्य, अमरराज गौतम धनेश्वर गौतम, ओपबहादुर डाँगी लगायतका गुरुलाई सम्झँदै खिलत वली सरको १५ छरि पिटाइ खाएको क्षणलाई समेत सम्झिए ।

‘म कक्षा ६ मा पढ्दा तुलसीपुरबाट फिलिमको प्रचार गर्ने गाडी आएको थियो त्यो हेर्न म भित्रबाट नियालेर हेरेको थिए त्यतिबेला मैले १५ छरि खाएको थिए १५ छरिले मलाई अहिले यो स्थानमा पु¥याएको छ, म त्यसमा निकै खुसी छु’ उनले विगतलाई सम्झँदै भने । त्यस्तै २०५६ सालमा एसएलसी पास गर्दा पनि आफू खुसीले गधगध भएको सम्झिए । उनले घरमा त्यस दिन निकै खुसी छाएको भन्दै परिवारमा खुसी साटासाट गरेको बताए ।

घोराहीको महेन्द्र बहुमुखी क्याम्पसबाट आइए र र एक वर्षीय विएड, नेपाल संस्कृत विश्वविद्यालयबाट र एमएड त्रिवी सुर्खेतबाट पास गरेका ठाकुरले घोराहीमा आइएमा पढ्दा एक हजार तीन सय ६५ जना विद्यार्थीमध्ये आफू ५२ जना पास भएको भन्दै आफू पनि त्यसभित्र परेको भन्दै खुसी व्यक्त गरे । त्यस्तै क्याम्पस प्रमुखको जागिर छोडेर २०७२ सालदेखि राप्ती बाल एकेडमीको प्रिन्सिपलको जिम्मेवारी पाएका ठाकुरले विद्यालयको जिम्मेवारी प्राप्त गरी विद्यालयलाई अहिले यो स्थानमा पु¥याउन पाउँदा पनि खुसी लागेको बताए ।

नेपाली संस्कारमा आधुनिक शिक्षा भन्ने मुलनाराका साथ स्थापना भएको विद्यालयमा सयौँ विद्यार्थीलाई शिक्षा दिन पाउँदा खुसी लागेको सुनाए । ‘हामीहरूले अहिले विद्यालयबाट शिक्षामात्र होइन बाहिरी ज्ञान र संस्कार पनि दिएका छौँ अतिरिक्त क्रियाकलापमा पनि हामीहरू अवल छौँ’ ठाकुरले भने । उनले विद्यालयमा पढेका र आफूले पढाएका विद्यार्थी विभिन्न उच्च स्थानमा पुगेको भन्दै खुसी व्यक्त गरे । ठाकुरले विभिन्न कार्यालयदेखि अन्य क्षेत्रमा आफूहरूले शिक्षा दिएका विद्यार्थी पुगेर आफूहरूको मान र सान राखेको भन्दै उनीहरूले विभिन्न समयमा सम्झँदा अर्को खुसी मिल्ने गरेको सुनाए ।

‘विद्यार्थी विद्यालयमा बेला–बेलामा आएर आफ्ना खुसी साट्नुहुन्छ यो पनि हाम्रो लागि खुसीको पल हो’ ठाकुरले भने । ‘पाठ्यक्रम तथा मूल्याङ्कन विषयमा एमएड गरेको ठाकुर शिक्षा क्षेत्रमात्र होइन मानव अधिकार तथा अन्य विद्यामा पनि आफूलाई सर्मप्रित गर्न पाउँदा निकै खुसी लाग्ने गरेको बताउँछन् । ‘मेरो रुचि चाहना देशको सेवा गर्ने राष्ट्रिरुसेवी ,खेलकुदतर्फ थियो तर म अहिले शिक्षा क्षेत्रका साथै अन्य सामाजिक सेवामा लाग्न पुगे म यसैमा खुसी छु’ ठाकुरले भने ।’

उनले शिक्षा क्षेत्रमा आफू लागे पनि पछिल्लो शिक्षा प्रणाली र कोभिड पछिको शिक्षा र पठनपाठनबाट आफू सन्तुष्टी नभएको सुनाए । त्यस्तै राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) दाङको सभापतिको जिम्मेवारी पाउँदा पनि अर्को खुसी प्राप्त भएको उनले बताए । त्यस्तै लायन्स क्लव अफ दाङ टिर्चसको अध्यक्ष तथा राष्ट्रिय मानव अधिकार प्रतिष्ठान दाङको सदस्य भएर मानव अधिकार तथा सामाजिक सेवा गर्न पाउँदा पनि खुसी मिलेको उनले बताए । ठाकुरले नियोक तथा प्रतिष्ठानमा लाग्न प्रेरित गर्ने गर्भनर विनोदकुमार श्रेष्ठलाई पनि सम्झिए ।

त्यस्तै निजी विद्यालयको साझा सङ्गठन एन प्याब्सन दाङको विभिन्न पदमा रही अहिले वरिष्ठ उपाध्यक्षको जिम्मेवारी पाएकोमा पनि ठाकुरले खुसी व्यक्त गरे । उनले शिक्षा क्षेत्रको विकास र विस्तारमा काम गर्न पाउँदा पनि खुसी लागेको सुनाए । त्यस्तै ठाकुरले अर्को खुसी सन् २०१९ मा थाइल्याडमा भएको भिपाइपी चेम्पीयनसिप फुटबल प्रतियोगितामा भाग लिएर नेपालको तर्फबाट १ गोल गर्ने अवसर मिलेकोमा खुसी व्यक्त गरे । त्यस्तै सन २०२४ मा इरानको भएको जोरखानी पहलवानी खेलमा टिम म्यानेजर भएर २२ वटा राष्ट्रको सहभागीता भएकोमा आफूहरू चौथो स्थान हासिल गर्दा निकै खुसी लागेको सुनाए । उनले नेपालको तर्फबाट त्यहाँ नेपालको झण्डा फहराउन पाउँदा निकै खुसी लागेको बताए ।

२०५७ सालमा घोराही १८ मसिनाबाट करुणा कुवरसँग वैवाहिक जीवनमा बाँधिएका ठाकुरले घरमा पहिलो सन्तान छोरा र त्यसपछि छोरीको जन्म हुँदा पनि निकै खुसी भएको सुनाए । ‘मेरो एक छोरा किरण डाँगी र छोरी किर्ति डाँगीले पनि राम्रो शिक्षा आहिल गरिरहेका छन् हाम्रो गौरव र मेहनत र कर्मको बाटोमा उनीहरू पनि लागेका छन् त्यसमा पनि म खुसी छु’ ठाकुरले भने । ठाकुरले अहिले सबै बालबालिका विदेशिने गरेको र आफ्ना छोरा छोरीलाई स्वदेशमै बसेर देशको सेवमा लाग्ने भनेर लोकसेवा आयोग तयारी गर्न लगाएको भन्दै छोरा छोरीले उक्त बाटो अंगालेकोमा पनि खुसी व्यक्त गरे ।

उनले शिक्षाका साथै विभिन्न सामाजिक सेवामा लाग्नमा घरबाट श्रीमती र परिवारको पनि सहयोग मिलेको भन्दै खुसी व्यक्त गरे । ‘मलाई साथीभाइ विद्यालय सञ्चालक समिति सुवेच्छुक सबैको साथ सहयोग छ मयसमा पनि खुसी छु’ उनले भने । ठाकुरले जीवनमा आफूले पाएका खुसी व्यक्त गरेपनि खुसी हुने उपाय भनेको आशावादी, सकारात्मक दृष्टिकोण, अरूप्रति कृतज्ञ, असल साथीहरू बनाउन र स्वस्थ्य र तन्दुरुस्त रहन सिकेमा खुसी आफै मिल्ने बताए ।

प्रस्तुति : बालाराम खड्का