सचिवालय सकियो, बैशाख २५ मा स्थायी समिति

काठमाडौं २० वैशाख । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शनिबारको सचिवालय बैठकले स्थायी कमिटी बैठक बोलाउने भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको चाहना बिपरित सचिवालय बैठकले बैशाख २५ गते स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको हो । बैठकको एजेण्डा तय गर्न अघिल्लो दिन सचिवालयको बैठक बस्ने जनाइएको छ ।
यसैगरी बैठकमा नेता बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधीसभामा लगिने सहमति पनि भएको नेताहरुवीच भएको बताइएको छ ।