वडा कार्यालयद्वारा नेवारी पोसाक सहयोग

गोरक्ष समाचारदाता
दाङ,२६ चैत । घोराही उपमहानगरपालिका–१५ वडा कार्यालयले नेवा सेवा समिति घोराहीलाई पोसाक सहयोग गरेको छ । नेवार समुदायको कला सस्कृति संरक्षणमा सहयोग गर्ने उद्देश्यले मंगलवार घोराही उपमहानगरपालिका वडा नं. १५ कार्यालयले करिव ४० हजार मुल्य बराबरको नेवारी पोसाकलगायतका सामग्री सहयोग गरेको हो ।

सहयोग सामग्री घोराही उपमहानगरपालिका वडा नं. १५ का अध्यक्ष पाण्डेयले नेवा सेवा समितिका अध्यक्ष बिमलमान श्रेष्ठलाई हस्तान्तरण गरेका थिए । सामग्री हस्तान्तरण गर्दै वडा अध्यक्ष पाण्डेयले नेवार सेवा समितिको कला सस्कृति संरक्षणका लागि वडा कार्यालयले आगामी दिनमा समेत सहयोग गर्ने बताएका थिए ।

नेवा सेवा समितिका अध्यक्ष बिमलमान श्रेष्ठले नेवार समुदायको कला र संस्कृति संरक्षणमा सहयोग पु¥याउने उद्देश्यले पोसाक सहयोग गरेकोमा वडा कार्यालयलाई धन्यावाद ज्ञापन गरेका थिए । सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष बिपुल पोख्रेल, घोराही उपमहानगरपालिका वडा नं. १५ का वडा सदस्य माधव श्रेष्ठलगायतको सहभागीता रहेको थियो ।