Goraksha

National Daily

मानव समाज अस्तित्वहीन बन्दै

युवराज शर्मा

नेपाल वैदिककालदेखि सामाजिक अस्तित्वमा थियो । सामाजिक भावना एकआपसमा थियो । सबै प्रकारका जातजातिहरु आपसमा मिलेर सुखदुःखमा रमाउदथे । कसैले पनि एकअर्कालाई जात र धर्मका नाममा आपसीमा भेदभाद थिएन । एकअर्काले भाइचाराको सम्बन्ध राख्नुका साथै आपसी सहयोगी भावना पनि थियो । सबैले ज्ञानीलाई आदर गर्थे । सिपमूलक व्यक्तिको कदर गर्थे । मानव समाजमा सिपको महत्व थियो । सिपलाई विकासको आधार मान्थे भने ज्ञानलाई गुणको खानी ठान्थे ।

मानव समाजमा पढेलेखेका ज्ञानी गुणीहरुको आदर र सत्कार गरिन्थ्यो । पढेका मानिसहरुलाई ज्ञानी ठान्थे । जातीय भेदभाव थिए । त्यसकारण त्यस समयमा भनिन्थ्यो– मानव समाजमा मानिसहरु ज्ञानी र गुणी बनेपछि उनीहरुको बुद्धिविकास हुन्छ । बालबालिकाको भविष्य निर्माणको लागि आमाको ममता र बाबुको सुव्यवहार हुनुपर्छ । उनीहरु नै भोलिका मानव समाजका व्यक्ति हुन् । उनीहरुलाई भनिन्छ– भविष्यका कर्णधार राष्ट्रका निर्माता । अस्तित्व भएका व्यक्तिहरु मानिन्छन् तर मानव समाजमा भएका मानिसहरु अस्तित्व र व्यक्तित्व विहीन बन्यो भने– समाज भ्रष्ट हुन्छ । त्यसको प्रभाव बालबालिकामा प¥यो भने भविष्यका कर्णधार अस्तित्वविहीन हुन्छन् । बालबालिकाको भविष्य सप्रिन्न ।

मानव समाजलाई अस्तित्वमा राख्न राज्यले शिक्षामा सुधार गर्नुपर्छ । राज्यको शिक्षा नीति कस्तो हुने ? राज्यले लक्षित गर्नुपर्छ । शिक्षाले नै मानव समाज निर्माण गर्छ । आजका विद्यार्थी भोलिका नागरिक हुन् ? उनीहरुmे निर्माण गर्ने सामाजिक वातावरण नै मानव समाज हो । यसको विकास गर्नु नै मानव धर्म हो । यसले समाजलाई अस्तित्वमा ल्याउँछ । त्यसैले होला, समाज निर्माण गर्ने काम आजका बालबालिका हुन् । उनीहरुलाई भविष्यका सफल प्रभावहीन छ । आफ्नो बोलिने भाषा, बचन, बानी व्यवहालाई हेर्दा के पढ्छन् ?

विद्यालय र विश्वविद्यालयमा के ज्ञान गर्छन् ? कस्तो व्यवहार गर्छन् ? जस्ता विषयहरुमा अध्ययन गर्दा उनीहरुमा बढी मात्राको उरन्ठाउनले प्रवृत्ति देखिन्छ । यसले के देखाउँछ भने विद्यालय र विश्वविद्यालयीय शिक्षामा अनुशासन र सामाजिक व्यवहार प्रयोगम ल्याएको पाइन्न । पढेका व्यक्ति र अनपढ व्यक्तिमा फरक देखिने आधार पाइन्न । यस्तो शिक्षालाई हेर्दा पढेका व्यक्तिहरुको मानसिक झुकाव धनोपार्जनमा सीमित छ । जसले समाजलाई चेतनाकरण गर्न सकेको पाइन्न । एउटा सानो देश भुटान हो । जहाँको जनसंख्या कम छ तर त्यहाँका नागरिकमा चेतनाको स्तर, नेपालीहरुभन्दा उच्च छ । शिक्षित व्यक्तिहरुमा आत्म अनुशासन उच्च छ ।

नेपालको राजधानी काठमाडौं हो । यो एउटा दहको रुपमा थियो । यसलाई टौदह भन्थे । तिब्बतबाट आएका एकजना भिक्षु मञ्जुश्रीले चोभारको गल्छीलाई काटेर मानव बस्ती बसाएको इतिहास छ । राजधाीमा राजा बस्थे । उनका आसेपासे बस्न थाले तर उनीहरुमा मानवता थिएन । सूर्यको किरणले तताएको बालुवा जस्ता थिए । अहिले पनि काठमाडौं बस्नेहरुमा मानवताको झलक पाइँदैन । आफूहरुलाई अबल दर्जाको नागरिक ठान्छन् ।

जबकी त्यो ठाउँमा मञ्जुश्रीले तारा खसेको ठाउँ स्वयम्भूमा पाएका थिए । उनमा बोधिसत्व प्राप्त थियो । यो विषयमा धेरै ज्ञान स्वम्भू पुराणमा उल्लेख छ । त्यस समयदेखि मानव समाजमा चेतनाको विकास भएको पाइन्छ तर वर्तमान समयमा मानव समाज अस्तित्वविहीन बन्दै छ । मानवमा दया, माया, आस्था, श्रद्धा र सेवाभाव हराउँदै छ । भोलिको नेपालमा मान्छेले मान्छेलाई चिन्न र परिचय गर्न हरउाँदै जाने छ । यसले गर्दा मानव समाज कुण्ठित हुने आशंका गर्छन् बुद्धमार्गीहरुले । त्यस्तै बन्दै छ– मानव समाज पनि ।

मानिसको सम्बन्ध मानिससँग हुन्छ । आपसमा मित्रता, सम्बन्ध स्थापन, सहकार्य मानवसँग हुन्छ । यस्तो वातावरण अहिलेको शिक्षाले दिन सकेको पाइन्न । शिक्षा पनि ज्ञान र सिप विकासको आधार हो । हाम्रा शिक्षण संस्थाहरुले त्यस्तो ज्ञान र सिपको विकास विद्यार्थीमा गर्न सकेको पाइन्न । यस्तो अवस्था देखिनुमा हाम्रा शिक्षण संस्थाहरु दुईथरीका छन् । पहिलो सामुदायिक र दोस्रो संस्थागत ।

सामुदायिक शिक्षण संस्थाहरुलाई सरकारी स्कुल भन्छन् भने संस्थागत शिक्षण संस्थाहरुलाई बोर्डिङ स्कुलहरु वा निजी स्कुलहरु भन्छन् । यी दुवै संस्थाहरुमा पढ्ने विद्यार्थीले हासिल गर्ने ज्ञान र सिपको आधारमा आफ्नो बुद्धिको विकास गर्छन् । जसमा भाषा, बोली र शब्द प्रयोगशैली अपनाउने छन् । जसले मानव स्वभावमा परिवर्तन गरी मानव समाजमा आफ्नो व्यक्तित्व प्रदर्शन गर्न सक्छन् । अन्तमा शिक्षाले मानव समाजमा मान्छे अस्तित्वविहीन बन्दैन ।

नेपालीहरु दासत्वमा बाधिएनन् । एउटा स्वतन्त्र नागरिक बने । राष्ट्र, राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डताका लागि ब्रिटिश सैना र चिनिया सेनासँग लड्न सफ भए । उनीहरुको लडाई भौतिक रुपमा भएन । उनीहरुले प्रयोग र अरिंगालका गोला प्रयोग गरेर हराएका थिए । त्यस्तै तिब्बतमा केरुङको बाटोबाट चीनिया फौजसँग लड्दा ढुंगा र माटाको गोलीहरु प्रयोग गरेर बेचाकतीमा हराएर पठाएको पाइन्छ । आफ्नो अस्तित्व बचाएका थिए । यसरी नेपालीहरुले नेपालमा अस्तित्व कायम राखेका थिए । मानव समाजमा अस्तित्व राखेर समाजमा राम्रो उदाहरण कायम गरेको पूर्वजहरुले देखाएका थिए ।

मानव समाजमा मानवले आफ्नो अस्तित्व कायम गर्न सकेन भने अस्तित्वविहीन बन्छ । पढेर मात्र हुँदैन । पढेकाले भाषा र भाषाका शैली, बोली बचन र भाषाका अक्षरहरुको प्रयोगमा ध्वनीको समावेश हुन सकेन भने प्रयोग विधि निरर्थक बन्छ । त्यस्तो व्यक्ति मानव समाजमा अस्तित्वविहीन बन्छन् । मानसिक रुपमा कमजोर हुन्छ । मान्छे भएर मान्छेको मुहार देखाउन समस्या पर्छ । पढेको मान्छे र अनपढ मान्छेमा कुनै फरक देखिन्न । अनपढ मान्छेहरुमा अनुभवीय ज्ञान र प्रयोगात्मक सिप हुन्छ ।