बंगलाचुली गाउँपालिका–७ जाबुनेमा ३१ जना नेपाली कांग्रेसमा प्रवेश
बंगलाचुली,१२ चैत। दाङको बंगलाचुली गाउँपालिका–७, जाबुनेमा विभिन्न दल परित्याग गरी ३१ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
पार्टी प्रवेश गर्नेलाई नेपाली कांग्रेस दाङका जिल्ला सभापति शंकरप्रसाद डाँगीले अबिर टीका र खाँदा लगाएर प्रदेश गराएका थिए । जाबुनेका निवासी लिलाबहादुर बाठामगरको नेतृत्वमा ३१ जना स्थानीय पार्टी प्रवेश गरेका थिए।
नेपाली कांग्रेस बंगलाचुली गाउँपालिका-७ का सभापति तेजबहादुर खत्रीको सभापतित्व तथा नेपाली कांग्रेसदाङका सभापति शंकरप्रसाद डाँगीको प्रमुख आतिथ्यता एवं पूर्व महाधिवेशन प्रतिनिधि कृष्णप्रसाद सुवेदीको विशिष्ट आतिथ्यतमा पार्टी प्रवेश कार्यक्रम भएको थियो।
नवप्रवेशीलाई स्वागत गर्दै प्रमुख अतिथि डाँगीले लोकतन्त्रको रक्षासंगै गाउँको विकास र जनताको जीवस्तर सुधारका लागि कांग्रेसले पहल गर्ने बताएका थिए । कार्यक्रममा बोल्ने अन्य नेताहरूले नव प्रबेशीसंग मिलेर भविष्यमा पार्टीका गतिविधिमा सक्रिय बन्दै जनताको हकहितका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रममा नेपाली कांग्रेस दाङ क्षेत्र नं २ (क) का सदस्य देवा जिसी, नेपाली कांग्रेस बंगलाचुली गाउँपालिका उपसभापति इन्द्रमणि वली, बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसीलगायतका नेताहरूको उपस्थिति रहेको थियो।
उनीहरूलाई कांग्रेसमा आबद्ध गराउने विशेष पहल लुम्बिनी प्रदेश नेपाली कांग्रेस उपसभापति तथा दाङ क्षेत्र नं. २ (क) का सांसद राजु खनाल, दाङ जिल्ला कांग्रेस सभापति शंकर प्रसाद डाँगी, पूर्व महाधिवेशन प्रतिनिधि कृष्ण प्रसाद सुवेदी, पालिका उपसभापति इन्द्र मणि वली र पालिका उपाध्यक्ष भक्त बहादुर जिसीले गरेका हुन्। कार्यक्रमको सञ्चालन प्रदेश २ (क) संघ-संगठन विभाग सदस्य खुम सोति मगरले गरेका थिए।
