आचार्य र गौतमदम्पतीद्वारा स्वागतद्वार निर्माण
तुलसीपुर, १२ चैत । तुलसीपुर –४ रक्षाचौरस्थीत राप्ती आँखा अस्पताल जाने बाटोमा स्वागतद्वार निर्माण गरिएको छ ।
तुलसीपुर–सल्यान सडक खण्डको भृकुटीटोलस्थीत राप्ती आँखा अस्पताल जाने उत्तरतर्फको सडकमा उक्त स्वागतद्वार निर्माण गरिएकोहो । नेपाल नेत्रज्योति संघ दाङ शाखाका कोषाध्यक्ष श्यामप्रकाश आचार्य तथा संघका सदस्य राप्ती आँखा अस्पताल प्रशासनिक समितिका संयोजक ध्रुव गौतमले सो स्वागतद्वारा निर्माण गरेका हुन् ।
राप्ती आँखा अस्पतालमा प्रवेश गर्ने सेवाग्राहीलाई सहजता तथा अस्पतालको पहिचानका लागि स्वागतद्वार निर्माण गरेको दाता नेपाल नेत्रज्योति संघ दाङका सदस्य ध्रुव गौतमले जानकारी दिए ।
स्वागतद्वार निर्माणसंगै अस्पताल जाने विरामीहरुलाई सहज हुनु अपेक्षा गरिएको अर्का दाता श्यामप्रकाश अचार्यले जानकारी दिए ।
करिव ३ लाख बढी लगानीमा श्यामप्रकास आचार्य÷अजिता आचार्य र ध्रव गौतम÷सावित्रा गौतमदम्पतीहरुको संयूक्त आर्थिक सहयोगबाट निर्माण भएको स्वागतद्वारको बुधवार एक कार्यक्रमकाविच उद्घाटन गर्ने कार्यक्रम रहेको छ । नेपाल नेत्रज्योति संघको ४७ औं नेत्रज्योति दिवस तथा दाङ शाखको २१ औं बार्षिक साधारणसभाको अवसर पारेर उक्त स्वागतद्वारको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
