जन्मदिनमा फलफुल वितरण
घोराही, १२ चैत्र । जन्मदिनका अवसरमा घोराही उपमहानगरपालिका–१५ निवासी विष्णु अधिकारीले वृद्धवृद्धालाई फलपूmल वितरण गरेकी छिन् । अधिकारीले आफ्नो ४५औं जन्मदिनको अवसरमा घोराही–१६, तेरौंटेमा रहेको वृद्धाश्रममा फलफुल वितरण गरेकी हुन ।
मंगलबार वृद्धाश्रममा पुगेर अधिकारीले १४ जना वृद्धवृद्धालाई फलफुल वितरण गरेकी हुन । जन्मदिनलाई समाजसेवामा जोड्ने उद्देश्यले वृद्धआश्रममा बसोवास गर्ने ज्येष्ट नागरिकलाई फलफूल वितरण गरेकी हुन । फलफूल वितरण कार्यक्रममा अधिकारीका श्रीमान् भरतमणि अधिकारीको सहभागीता रहेको थियो ।
कार्यक्रममा वृद्धाश्रमका व्यवस्थापकले अधिकारी दम्पतीको सामाजिक सेवाको भावना प्रशंसा गर्दै यस्ता कार्यले वृद्धवृद्धाको मनोबल बढ्ने बताइन । उनले आगामी दिनमा पनि समाज सेवाका गतिविधिहरू निरन्तर अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।
