ज्योतिपुञ्ज मोडेल अग्रेजी स्कूलका विद्यार्थीको बिदाई
दाङ, १२ चैत । दाङको रामपुरमा रहेको ज्योतिपुञ्ज मोडेल अग्रेजी स्कूलले आज मंगलबार एक कार्यक्रमको आयोजना गरी कक्षा ८ का विद्यार्थीहरुलाई बिदाई गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरुप्रसाद खनालको अध्यक्षता भएको विदाई कार्यक्रममा बोल्ने बक्ताहरुले बिदाई भएर जान लागेका विद्यार्थीहरुको उज्वल भविष्यको कामना गरेका छन । विद्यार्थीहरुलाई मायाको चिनो, माला खादा र अविर लगाएर विदाई गरिएको थियो । विदाई भएर जाने विद्यार्थीहरुले आफूहरुले विद्यालयबाट धेरै सिकेको भन्दै उनीहरुले आफ्नो शैक्षिक यात्रासँग समाजमा उदाहरणीय काम गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन ।
पर्यटकीय क्षेत्र घोराही उपमहानगरपालिका वडा नं २ रामपुरको चरिङ्गेदहमा वन भोज सहित आयोजित बिदाई कार्यक्रममा ज्योतिपूञ्ज मोडेल अग्रेजी स्कूलका प्रिन्सिपल शिव भण्डारीले बिगत ६ बर्षदेखि नयाँ ब्यवस्थापनका साथ सञ्चालनमा रहेको रामपुर क्षेत्रको सवैभन्दा पुरानो नीजी विद्यालयको इतिहास बोकेको उक्त विद्यालयले अभिभावक मैत्री, बालमैत्री र प्रविधि मैत्री विद्यालयका रुपमा स्थापित भएको बताउनुभयो ।
बिदाई कार्यक्रममा कोर्डिनेटर रञ्जित भुसाल, शिक्षकहरु दिनेश पोख्रेल, शुभेक्षा पौडेल, मनिषा बरनठाँनी, विद्यार्थीहरु बर्षा थापा, सोनिया अधिकारी लगायतकाले मन्तब्य राख्नु भएको थियो । विद्यालयका प्रिन्सिपल शिव भण्डारीले जानकारी दिनुभयो । कार्यक्रमको सहजिकरण विद्यालयका सहायक प्रिन्सिपल मदन भण्डारीले गर्नु भएको थियो ।
