Goraksha

National Daily

लोकतान्त्रिक यातायात व्यवसायी संघको अध्यक्षमा न्यौपाने

तुलसीपुर, ११ चैत । नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ जिल्ला कार्यसमितिको प्रथम दाङ जिल्ला अधिवेसन सम्पन्न भएकाेछ ।

अधिवेसनले नयाँ कार्यसमिति चयन गरेको छ । नारायण न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएकोहो । जसको उपाध्यक्षमा विरेन्द्र खत्री, सचिवमा मोतिलाल न्यौपाने, कोषाध्यक्षमा निमकुमार श्रेष्ठ, सहसचिवमा मनोज गोरखाली, सदस्यहरुमा छविलाल डाँगी, सम्भु पोख्रेल, सुदन बुढाथोकी, रञ्जन गौतम, इमान सिंहचयन भएका छन् ।

एक जना सदस्य पछि थपगर्ने बताएको छ । जिल्ला अध्यक्ष उमेशचन्द्र मजगैयाँको अध्यक्षता तथा नेपाली काँग्रेस दाङका पार्टी सभापति शंकरप्रसाद डाँगीको प्रमुख आतिथ्यमा भएको अधिवेसनको उद्घाटन सत्रमा बोल्दै व्यसायीहरुले लाखौको लगानि लगायतर व्यवसायगरेका व्यवसायीहरु विभिन्न समस्यामा रहेको बताए ।

उनीहरुले राज्यले व्यवसायीक सुरक्षाको लागि ध्यान दिनुपर्ने समेत बताए । सहभागीहरुले नेपाल लोकतान्त्रिक यातायात व्यवसायी नेपाली काँग्रेसको सुवेच्छुक संस्था रहेको भन्दै पाटीलाई हरेक समयमा आफुहरुले सहयोग गरेको भन्दै व्यवसायीक हक हितका लागि समन्वय गर्नु पर्ने बताएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाटि सभापति डाँगीले हरेक संस्था विधि अनुसार चल्नु पर्ने भन्दै विधि अनुसार चलेमा व्यवसायीहरुको पनि उन्नती हुने बताए । ‘आफ्नो हकहितका लागि व्यवसायीहरु संगठित र एक भयर विधि अनुसार चल्नुहोस पाटीले गर्ने सहयोग हामीहरुले गर्ने छौ – उनले भने ।’

डाँगीले पछिल्लो समयमा सवै क्षेत्र र सवै कुरा नकारात्मक सोच र बुझाईबाट सुरु हुने भन्दै सकारात्म कुराहरु गर्नु पर्ने बताए । कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रीय सभापति जगतबहादुर खड्काले कुनै घटना दुर्घटना हुँदा सवै दोस गाडीलाई दिने गरेको भन्दै सवै वर्ग सचेत हुनुपर्ने बताए । उनले यातायात व्यवसायीहरु विकासका एक अंग भएको बताए ।

त्यस्तै नेपाली काँग्रेस प्रदेश सभा २ खका सभापति खिमबहादुर वलीले राज्यले पनि यातायात व्यवसायीहरुको उचित माग सम्वोधन गर्नुपर्ने बताएका थिए । त्यस्तै नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघका केन्द्रिय उपाध्यक्ष यमकान्त भण्डारी, सचिव सुरेश हमालले नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघले भरखरै पाटीको सुवेच्छुक संस्थाको मान्यता पाएको भन्दै व्यवसायीकहक हितका लागि लाग्ने बताए ।

अधिवेसनमा यातायात व्यवसायी महासंघका वर्गीय उपाध्यक्ष चिन्तामणि आचार्य, सुरेन्द्र केसी, नेपाल यातायात मजदुर संघ दाङका सचिव मोतिलाल न्यौपानेलगायतले शुभकामना व्यक्तगरेका थिए । कार्यक्रममा अध्यक्ष मजगैयाले आफ्नो कार्यकाल सफल पार्न सहयोग गर्ने सवैलाई धन्यवाद दिएका थिए ।

उपाध्यक्ष विरेन्द्र खत्रीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव घनश्याम बस्नेतले गरेका थिए ।अधिवेसनको अवसरमा तुलसीपुर खानेपानी संस्थामा नवनिर्वाचित अध्यक्ष यमकान्त भण्डारी र निःशुल्क कार्यालय सञ्चालनका लागि घर उपलव्ध गराउने यातायात व्यवसायी छवि डाँगीलाई सम्मान ग गरिएको थियो ।