कांग्रेस प्रदेश २ (ख) दाङको तेस्रो सम्मेलनको तयारी पूरा, सम्मेलनलाई पूर्व मन्त्री खाँणले सम्बोधन गर्ने

दाङ, १० चैत्र । नेपाली काङ्ग्रेस प्रदेश (ख) दाङको तेस्रो प्रदेश सभा सम्मेलन भोलि सोमबार हुने भएको छ ।

सम्मेलनमा समुद्घाटन नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणले गर्ने भएका छन् । तेस्रो प्रदेश सम्मेलनका प्रमुख अतिथिसमेत रहने खाँणले सम्मेलनलाई सम्बोधन गर्ने प्रदेश २(ख) का सभापति अभियान बस्नेत जानकारी दिएका छन् ।

‘तेस्रो सम्मेलन भोलि सोमबार घोराही उपमहानगरपालिका वडा नम्बर १० मा रहेको दाङ फन भ्यालीमा हुने छ । सम्मेलनको सम्पूर्ण तयारी पूरा भइसकेको छ । सम्मेलनलाई सफल बनाउनका लागि कार्यविभाजन गरिएका विभागले आआफ्ना जिम्मेवारी पूरा गरिसकेका छन् ।

सम्मेलनमा प्रमुख अतिथिका रुपमा केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण आउनुहुने छ ।’ सभापति बस्नेतले थपे, ‘सम्मेलनको अवसरमा प्रकाशित गरिएको सम्मेलन डायरीको लोकार्पण कार्यक्रम पनि रहेको छ ।

दाङ काङ्ग्रेसको इतिहास झल्काउने आलेखहरुलाई समेत समावेश गरिएको सम्मेलन डायरीमा प्रदेश २(२) दाङका गतिविधि एवम् भावी योजनासमेत समावेश गरिएको छ ।’

सम्मेलनमा सहभागी हुनका लागि सम्पूर्ण नेता तथा कार्यकर्ता, सञ्चारकर्मी, शुभचिन्तकहरूलाई आयोजकले अनुरोध गरेको छ ।