विधिको शासन
एकराज शर्मा अधिकारी
विधिको शासन प्रत्यक्ष शासन हो । प्राचिन दर्शन हो । यहाँ तर्कको आवश्यकता पर्दैन । प्राचिन दर्शन नेपाल, भारत, चीनबाट विकास भएको हो । त्यसभन्दा पूर्व युनान र रोम देशमा प्रचलित थियो । प्लेटोले संसारलाई ईश्वरको प्रतिविम्ब हो भने । भारतीय दर्शनमा ब्राहामणवादी विचार धाराको हैकम चलेको छ । सबै दर्शनमा अद्धेयोतवादी वेदान्त दर्शनको शक्तिशाली प्रभाव परेको छ । अद्धेयोतवादी भन्दछन्– आत्मालाई तर्कद्वारा जान्न सकिँदैन ।
मनुषस्मृति ग्रन्थमा तर्क गर्नेहरुसँग बोल्न पनि हुँदैन भनेको छ । तर्कद्वारा वेदान्तको निन्दा गर्नेलाई समाजबाट तिरस्कार गर्नुपर्छ भनेको छ । ब्राहमणहरुले धर्म शास्त्रलाई ठुलो महत्व दिएका छन् । भारतीय दर्शन वेद, उपनिषद र धर्म शास्त्रमा आधारित छ । यसमा वनाश्रम धर्मको, जातिपातिको व्यवस्था गरेको छ । शब्द प्रमाणलाई प्राथमिकता दिएको छ । बौद्ध दर्शनले अन्धविश्वासका विरुद्ध आवाज उठायो । वेदलाई प्रमाण मान्नु, ईश्वरको अस्तित्वलाई स्वीकार गर्नु, जातपातलाई मान्नु यो अन्धविश्वास हो । बुद्धि नभएका मानिसले पालना गर्नु पर्ने कुरा हुन् भनेका छन् ।
स्वामी शंकरचार्यले अध्यात्मवादको विकास गर्दै भारतको चारैतिर हिन्दु धर्मलाई स्थापित गर्न मठमन्दिरको स्थापना गरे । उनले उपनिषद, भागवत, गीता, ब्रमसुत्र माथि भाष्य लेखेर (ब्रम सत्यम् जगत मिथ्या जिवो ब्रमैव नापर) ब्रम सत्य जगत मिथ्या हो । जिव नै ब्रम हो । पारमार्थिक दृष्टिमा माया असत्य हो, व्यवहारिक दृष्टिमा माया यथार्थ हो, सत्य हो ।
तर्क विज्ञानका दृष्टिले ब्रह्म अनिर्बचनीय छ । ब्रह्म यस्तै छ भनेर भन्न सकिँदैन । ईश्वरको सत्ता छ, अवश्य । जगतलाई बनाउने कुनै तत्व अवश्य छ । धारणा गर्ने वाला पनि अवश्य छ । वेदको रचयिता पनि कुनै हुनुपर्छ भनेर वैज्ञानिकले पनि स्वीकारेका छन् । सामन्तवादी चिन्तनका विशेषताहरु यस प्रकार छन्– एउटा ईश्वरलाई प्राथमिकता दिन भनेर एक ईश्वरको कल्पना गरे ।
कुनै नयाँ कुराको अनुसन्धानमा नलागेर ईश्वरको सत्ता सिद्द गर्ने राजा महाराजाको गुणगान गर्ने काममा लागे । पुर्नजन्म, पूर्वजन्मको आडमा स्वर्ग नरक, पाप पुण्य छ भन्ने कुरालाई महत्व दिएर स्वर्गमा परमेश्वर छन्, पृथ्वीमा राजा छन् उनलाई मान्नु पर्छ भनेका थिए । साधरण मानिसलाई मुक्ति दिने प्रयास गरिएन । धर्मको विष खुवाइयो । तन्त्रवादको प्रचार भयो । माक्सले भनेका थिए– प्रकृतिको दर्शन नै एक मात्र सच्चा दर्शन हो ।
विज्ञान अनुभवमा आधारित हुन्छ । अन्धविश्वासमा हुँदैन । उनको भनाई यस्तो छ जबसम्म सर्वाहारा वर्गको हातमा शासन सत्ता जाँदैन तबसम्म क्रान्ति गरिरहनुपर्छ । फेरि लेलिनको भनाई यस्तो छ– सर्वाहारा वर्गले पूँजिपतिको सम्पत्ति हरण गरेर पीडित वर्गलाई वितरण गरी आफूतर्फ ल्याउनु पर्छ र आफ्नो पार्टीलाई संगठित गर्नुपर्छ । सर्वप्रथम यो नियम रुसमा लागु भयो । रुसमा सर्वाहारा वर्गको नेतृत्वमा समाजवादी क्रान्ति सफल भयो ।
पुँजीवादी वर्गको शासन सत्ता पल्टियो । जमिनमा जमिनदारको स्वामित्व उन्मूलन भयो । किसानहरुलाई जमिन बाँडियो । जमिनको राष्ट्रियकरण भयो । जमिनदारले खोलेका मिल, कलकारखाना र बैंकमा राखेका सम्पत्ति सार्वजनिक सम्पत्तिका रुपमा परिणत भए । यसरी समाजवादी क्रान्तिले सर्वाहारा वर्गको हातमा शासन सत्ता सुम्पियो र नयाँ समाजवादको निर्माण भयो । नेपालमा पनि आज जनवादी क्रान्तिको अभ्यासमा छ ।
सामन्तवादको उन्मूलन गर्न नेपालमा पनि धेरै क्रान्ति भए त्यही क्रान्तिमा नेपालका गंगालाल श्रेष्ठ, दशरथ चन्द, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा सहिद भए । फलस्वरुप प्रजातन्त्र आयो । राणा सरकारको अन्त्य भयो । केही वर्ष पछि राणा सरकारको अन्त्य भए पनि राजतन्त्र सक्रिय भयो । पञ्चायती व्यवस्था आयो ।
जनताले सोचे जस्तो शासन व्यवस्था भएन र २०४६ सालमा पञ्चायती व्यवस्थाको अन्त्य भयो र २०४७ सालमा बहुदलीय व्यवस्था आयो । २०५८ सालमा राजतन्त्रको अन्त्य भयो । राज परिवारका सबै सदस्यहरुको दरबार हत्याकाण्डमा निधन भयो । त्यसबेलादेखि नेपालमा शान्ति भएको छैन । एउटा राजाको ठाउँमा श्री पेच नभएका धेरै राजाहरु भए । अहिले माओवादी पूँजिवादीसँग साँठगाँठ छ । यसरी सत्ता सञ्चालन गरिरहेका छन् । त्यति मात्र होइन गठबन्धन गरेर राज्यको दोहन गरिरहेका छन् । देश टाँट पल्टिसकेको छ । सङ्घीयता त आयो तर धान्न धौ धौ परेको छ । भ्रष्टाचार अन्यायहरु बढिरहेको छन् ।
अब नेपालमा लेनिनर माक्सको सिद्धान्त अपनाएर सच्चा कम्युनिष्ट भई अन्याय अत्याचार गरी कमाएको सम्पत्ति जफत गरी कलकारखानामा लगाई देशको आर्थिक उन्नती गर्ने युवा नेताको खाँचो परेको छ । कम्युनिष्ट कस्तो हुनुपर्छ सबैले बुझेका छैनन् । सच्चा कम्युनिष्ट हुन कठिन छ । कम्युनिष्ट प्रष्ट हुनुपर्छ, सत्य बोल्नुपर्छ, छलछाम गर्नु हुँदैन । अर्काको आलोचना नगरेर आफ्नो आलोचना गर्ने हुनुपर्छ । आत्मा आलोचना गर्न नसक्ने, अर्काले आलोचना गरेको सहन नसक्ने मानिस कम्युनिष्ट हुन सक्दैन । नेपालका कम्युनिष्टहरु आजकाल अवसरवादी बनेका छन् । उनले आफ्नो भुल सुधारेर माक्सको सिद्धान्तलाई अपनाउनुपर्छ । अनि मात्र विधिको शासन सार्थक हुन्छ ।
