सिद्धार्थ बैंकद्वारा प्रतिष्ठानलाई पाँच थान कम्प्युटर सहयोग
दाङ,२९ फागुन । सिद्धार्थ बैंक घोराही शाखाले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई पाँच थान डेक्सटप कम्प्युटर सहयोग गरेको छ ।
बिहिबार एक कार्यक्रमका बिच बैंक शाखा घोराहीका म्यानेजर मिगलसिंह ठकुरीले प्रतिष्ठानका उपकुलपति डा. बिकास लामिछाने, रजिस्ट्रार प्रा. श्याम लम्साल र निमित्त अस्पताल निर्देशक डा. जनार्दन पन्थीलाई ४ लाख मुल्यको डेल कम्पनीको कम्प्युटर हस्तान्तरण गरेका हुन ।
प्रतिष्ठानको सुचना प्रविधीलाई बलियो बनाउँदै मेडिकल रेकर्ड प्रणालीलाई चुस्तदुरुस्त बनाउन कम्प्युटरले सहयोग पुर्याउने उपकुलपति डा. लामिछानेले बताएका छन् । प्रतिष्ठानका रजिस्ट्रार प्रा. लम्सालले प्रत्येक वार्डमा कम्प्युटर राखेर मेडिकल रेकर्डलाई ब्यबस्थित बनाईने बताए ।
प्रतिष्ठानको आईटीको बिकासका लागि सहयोग गरेकोमा शाखा म्यानेजरसहित बैंक परिवारलाई धन्यवाद ज्ञापन गरेका थिए । त्यस अवसरमा प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक डा. पन्थीले अस्पतालका विभिन्न वार्डमा रहेका बिरामीको प्रबिधीको सहयोगमा अभिलेखीकरण गरेर एकिकृत गर्न, डाटा भण्डारण गर्न र सेवा प्रबाह गर्न सहयोग पुग्ने अपेक्षा रहेको बताएका थिए । बैंकका शाखा म्यानेजर ठकुरिले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रतिष्ठानलाई कम्प्युटर सहयोग गरिएको बताए ।
