calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

स्ववियु निर्वाचन : तातियो देउखुरी बहुमुखी क्याम्पस लमहीको माहोल

प्रिया स्मृती गजमेर
देउखुरी, २८ फागुन। आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा भाग लिन देउखुरी बहुमुखी क्याम्पस लमहीमा ४ वटा प्रत्यक्षतर्फ र ३ वटा समानुपातिकतर्फ विद्यार्थी संघ संगठनले नाम दर्ता गराएका छन् ।
नेपाल विद्यार्थी संघको नेतृत्व राजन भुसालले गरेका छन् । सभापतिमा भुसालको उम्मेदावारी परेको छ । सचिवमा रेणु चौधरी, कोषाध्यक्षमा रबिना कुमारी चौधरी, सदस्यहरुमा आलिया खातुन, गोबिन्द पौडेल, सुदिप वली, सृष्टि चौधरी, पूर्णिमा खड्का, सुष्मा परियार र उस्मिता चौधरी रहेका छन् ।

स्वतन्त्र विद्यार्थी परिवारको नेतृत्व मिलन चौधरीले गरेका छन् । मिलनले सभापति पदका लागि उम्मेदवारी दिएका छन् भने सचिवमा अनुकुमारी यादव, कोषाध्यक्षमा आयुष्मा चौधरी, सदस्यहरुमा सरिता पुन, सुदिपा चौधरी, आसिका चौधरी, अनिलानाथ योगी, कामना चौधरी, प्रविण चौधरी र लक्ष्मी कुमारी यादव रहेका छन ।

अनेरास्ववियु ( छैठौं ) का तर्फबाट बसन्तराज गोराथोकीले कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । अनेरास्ववियु ( छैठौं ) का तर्फबाट अन्य पदमा उम्मेदवारी परेको छैन ।

त्यसैगरी अखिल संयुक्तबाट शम्भु जिसीले सभापतिमा उम्मेदवारी दिएका छन् । सचिवमा विष्णु कुमाल, कोषाध्यक्षमा भानुभक्त यादव, सदस्यहरुमा विजय प्रकाश कुमाल, शक्ति गैरे, सुदिप नेपाली, उपेन्द्र यादव, गिता नेपाली, धिरज चौधरी र माधव सार्कीले उम्मेदावरी दिएका छन् ।

त्यस्तै स्वतन्त्र विद्यार्थी परिवार ( समानुपातिक ) बाट महम्मद इशा, सुमित थारु, सोम चौधरी, नवराज पौडेल, सलोन चौधरी, सनम चौधरी, अमृता चौधरी, छविलाल पौडेल र सिमा चौधरी रहेका छन् । अखिल क्रान्तिकारी बाट शुसांत चौधरी, पुजा चौधरी, सुगमति चौधरी, राधिका डाँगी, अञ्जना चौधरी, जानकी रोकाय, सुष्मा चौधरी, वर्षा कार्की र खिमा खत्री रहेका छन् ।

त्यस्तै नेपाल विद्यार्थी संघबाट प्रितम थापा, समता विसी, रबिना भट्टराई, एलिशा अधिकारी, शशीकला चौधरी, करुणा चौधरी, आशा आचार्य र रोशन चौधरी रहेका छन् । स्वतन्त्र विद्यार्थी परिवार, अनेरास्ववियु ( छैठौं ), अखिल संयुक्त र नेपाल विद्यार्थी संघ आ-आफ्ना उम्मेदवार बनाएर प्रत्यक्षतर्फ नाम दर्ता गराएको कार्य वाहक निर्वाचन अधिकृत भेषराज पोख्रेलले जानकारी दिनुभयो ।

उहाँका अनुशार समानुपातिक तर्फ स्वतन्त्र विद्यार्थी परिवार, अखिल क्रान्तिकारी र नेपाल विद्यार्थी संघले नाम दर्ता गराएका छन् । आज बिहान ८ देखि दिनको ११ बजेसम्म उम्मेदवारहरुको उम्मेदवारीमाथि दावी विरोध गर्न सकिने निर्वाचन समितिले जनाएको छ ।