Goraksha

National Daily

भिएन कलेजमा नेविसंघद्वारा निबन्ध प्रतियोगिता, दुर्गा प्रथम

घोराही, २० फागुन । नेपाल बिद्यार्थी संघ भिएन कलेज इकाइ समितिले निबन्ध लेखन प्रतियोगिता सम्पन्न गरेको छ । नेपाल विद्यार्थी संघ इकाइ सभापति उर्मिला भण्डारीको सभापतित्व तथा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रिय अध्यक्ष बिपुल पोख्रेलको प्रमुख अतिथ्यतामा मंगलवार निवन्ध लेखन प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा दुर्गा रोका प्रथम, लालकिरण रोका दोस्रो र अमृता घर्ती मगर तेस्रो भएकी थिइन । प्रतियोगिताको निर्णायकमा बिपुल पोख्रेल, केशव गौतम र इन्द्रबहादुर खत्री रहेका थिए । प्रतियोगितामा सात जना विद्यार्थी सहभागी भएका थिए । कार्यक्रममा बोल्ने बक्ताहरुले नेविसंघले विद्यार्थी हकहितसँगै रचनात्मक क्रियाकलाप गरेर नमूना कार्य गरेको भन्दै आगामी दिनमा समेत यस्ता कार्यलाई निरन्तरता दिन आग्रह गरेका थिए ।

निवन्ध लेखन प्रतियोगितामा नेपाल बिद्यार्थी संघका केन्द्रीय सदस्य निरज गिरी, भिएन क्याम्पस प्रमुख इन्द्र बहादुर खत्री, घोराही उपमहानगरपालिका–१५ का सदस्य लेखनाथ बुढाथोकी, नेपाल बिद्यार्थी संघ दाङका जिल्ला सदस्य गुरुप्रसाद गौतम, अम्बिकेश्वरी क्याम्पसका स्ववियु अध्यक्ष रणबहादुर खड्का, क्याम्पसका प्राध्यापकहरु धुर्व पौडेल, केशव गौतम, भोला डाँगीलगायतको सहभागीता रहेको थियो ।बिद्यार्थी दुर्गा रोकाको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण नेपाल बिद्यार्थी संघका प्रवक्ता पृथिका खड्काले गरेकी थिइन् ।