मेयरहरुले दिए श्रमिकलाई शुभकामना

‘मजदुरवर्गको श्रम र ज्यालाको उचित व्यवस्थाका लागि प्रतिवद्ध छौं’

दाङ बैशाख १९ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर घोराही तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुखहरुले शुभकामना सन्देश जारी गरेका छन् ।

‘गरेर खाने मजदुरवर्गको श्रम र ज्यालाको उचित व्यवस्थाका लागि उपमहानगरपालिका प्रतिवद्ध रहेको’ उनीहरुको शुभकामना सन्देशमा उल्लेख छ ।

आफ्नो शुभकामना मन्तव्यमा तुलसीपुर उपमहानगर पालिकाका प्रमुख घनश्याम पाण्डेले नेपालको समग्र परिवर्तनमा गरिखाने वर्गले खेलेको भुमिकाको स्मरण गर्दै मजदुरहरुलाई गरिखाने व्यवस्था मिलाउनका लागि उपममहानगरपालिकाले श्रम वैकको अवधारणा अगाडि वढाएको उल्लेख गरेका छन् । “काम,माम र दामको स्थानीय सरकारले सुनिश्चितता गर्दछ” उनको सन्देशमा उल्लेख गरिएको छ ।

त्यसैगरी घोराही नगरपालिकाका प्रमुख नरुलाल चौधरीले श्रमिकहरुको न्याय र सम्मानमा घोराही उपमहानगरपालिका प्रतिबद्ध रहेको जनाएका छन् । श्रममा लाग्न चाहाने जो कोहीलाई आबस्यक लगानी सहितको प्राबिधिक सहयोग गर्न उपमहानगरपालिका तयार रहेका उनले आफ्नो सन्देशमा उल्लख गरेका छन् । ‘ दैनिक ज्याला मजदुरी गरेर खाने बर्गको छाक टार्न करिब ३ हजार घर परिवारलाई खाद्यान्न वितरण गरेका छौ । साथै श्रमिकहरुको राहत तथा उद्धारका लागि रोजगारी दिने कार्यक्रम समेत ल्याएको जानकारी गराउदछौ’ मेयर चौधरीको सन्देशमा उल्लेख छ ।