नेपाली कांग्रेस तुलसीपुरको तेस्रो नगर सम्मेलन
गोरक्ष समाचारदाता
तुलसीपुर, १७ फागुन । नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिका नगर कार्यसमितिको तेस्रो नगर सम्मेलन शुक्रवार सम्पन्न भएको छ । तुलसीपुर नगर सभापति सुरेश हमालको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीले कांग्रेसलाई जनस्तरबाटै बलियो बनाउन सबै लाग्नुपर्ने बताएका थिए ।
उनले नेता कार्यकर्ता सबैले आआफ्नो दायित्व वहन गर्दै वडा तथा गाउँ तहमा केन्द्रित हुनुपर्ने बताए । केन्द्रीय सदस्य गिरीले कांग्रेसका नेता कार्यकर्ता संगठनलाई बजवुद कसरी बनाउने भन्नेतर्फ ध्यान दिन आग्रह गरे । कार्यक्रममा विशिष्ट अतिथि जिल्ला सभापति शंकरप्रसाद डाँगीले सबै नेताकार्यकर्ता तथा जिम्मेवार व्यक्तिहरूले पार्टीलाई बलियो बनाउन भूमिका खेल्नुपर्ने भन्दै संगठनलाई चलायमान गराउन आवश्यक रहेको बताए ।
नगर सम्मेलनमा संविधान सभा सदस्य बुद्धिराम भण्डारी, कांग्रेस नेता तथा लुम्बिनी प्रदेश सभाका पूर्व सदस्य शंकर गिरी, पूर्व जिल्ला पार्टी सभापति घनश्याम रेग्मी, नेताहरू महादेव शाह, लेवेन्द्र धिताल, यमप्रसाद शर्मा पाण्डे, गोविन्द मजगैयाँलगायतले पार्टी संगठन कमजोर हुन नदिन आग्रह गरेका थिए ।
नगरसभामा महाधिवेशन प्रतिनिधि कृष्णकुमार गिरी, केशव आचार्य, टोपबहादुर केसी, सुष्मा गिरी, देवा डाँगी, चित्रा गिरी, युवराज खड्का, टीका घर्ती, क्षेत्र नं ३ का सभापति जगतबहादुर खड्का, क्षेत्र नं. २का सभापति भीमप्रकाश खड्का, कांग्रेस २ (ख) का सभापति अभियान बस्नेत, श्याम रेग्मी, सुरेन्द्रबहादुर खड्का, नेपाली कांग्रेस तुलसीपुर २ का सभापति भीमबहादुर वली, नेविसंघका केन्द्रीय सदस्य आकाश भण्डारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेको सचिव बिमल पौडेलले जानकारी दिएका छन् ।
कार्यक्रममा वडा नं. ९ का सभापति डम्बर पुरी, १५ का वडा सभापति शरदकुमार धिताल र गुरु जजुर मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्कालाई सम्मान गरिएको पौडेलले जानकारी दिए । नगर उपसभापति विनिल केसीको स्वागत मन्तव्यबाट सुरु भएको नगर सम्मेलनमा सांगठनिक प्रतिवेदन कोषाध्यक्ष प्रितमकुमार श्रेष्ठले प्रस्तुत गरेका थिए भने कार्यक्रमको सहजीकरण नगर सचिव बिमल पौडेलले गरेका थिए ।
