नेपाली कांग्रेस घोराहीले तेश्रो नगर सम्मेलन गर्ने

दाङ, १६ फागनु । नेपाली कांग्रेस घोराही तेश्रो नगर सम्मेलन यहि फागनु १९ गतेत घोराहीमा गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेस घोराही नगर कार्यसमितिको विहीवार घोराहीमा बसेको बठैकले तेश्रो नगर सम्मेलनलाई भव्य रुपमा गर्ने निर्णय गरेको हो ।

त्यसैगरी बैठकले घोराही उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१÷२०८२ मा विभिन्न शीर्षकमा बढाएको करको विरोधलाई निरन्तरता दिँदै फागुन २७ गते घोराही उपमहानगरपालिकाका १९ वटै वडा कार्यालयमार्फत् घोराही उपमहानगरपालिकामा ज्ञापनपत्र बुझाउने र वडा कार्यालयमा धर्ना दिने निर्णय गरेको छ ।

बैंठक नेपाली कांग्रेस घोराही नगर कार्यसमितिका सभापति तिलक रावतको सभापतित्व तथा नेपाली कांग्रेस दाङ क्षेत्र नं २ का सभापति भीमप्रकाश खड्काको प्रमुख आतिथ्यतामा
भएको थियो । बैठकको सहजीकरण नेपाली कांग्रेस घोराही नगर कार्यसमितिका सचिव पुष्पराज आचार्यले गरेका थिए ।