मेरो खुशी : रेडक्रस सेवा पदक पाउँदा …

सधै आफ्नो कर्ममा तलिन उनी अहिले समाज सेवासँगै शिक्षाको ज्योति फैलाउने पुण्य कार्यमा निरन्तर लागेका छन् । गुल्मीको रेसुङ्गा नगरपालिका–६ मा बुबा यमनाथ र आमा यमि मरासिनिको कोखबाट जन्मेका भीमलाल मरासिनिले कर्मथलो दाङ बनाएका छन् ।

उनी सधै खुसीका साथ कर्ममा तलिन छन् । कक्षा ७ सम्म गाउँमै अध्ययन गरी ८ कक्षादेखि विजौरीको जनता संस्कृत माविमा आफ्नो पढाइसँगै उनी विद्यार्थी राजनीतिदेखि रेडक्रस जस्तो पवित्र संस्थामा लागेर सामाजिक सेवामा तलिन हुन पाउँदा आफू निकै खुसी भएको सुनाए । २०५७ सालमा जुनियर रेडक्रस सर्कल हँुदै युवा सर्कल र हाल जिल्ला सदस्य भएका मरासिनिले आफ्नो पहिलो खुुसी रेडक्रसका तत्कालीन केन्द्रीय अध्यक्ष सञ्जिव थापाबाट रेडक्रस सेवा पदक पाउँदा खुसी लागेको सुनाए ।

मरासिनिले २०७१ सालमा रेडक्रस सेवा पदक ( २०७१) पाउँदा निकै खुसी लागेको सुनाए । ‘विभिन्न विपद्का समयमा गरेको मानवीय सहयोगको लागि रेडक्रसबाट राष्ट्रिय पदकबाट सम्मानित हुँदाको दिन म निकै खुसी भएको थिए मेरो पहिलो र ठुलो खुसी यही छापिदिनुहोला’ मरासिनिले भने ।

त्यस्तै उनले रेडक्रसको जिल्ला सदस्यसँगै जुनियर रेडक्रस दाङको संयोजकको जिम्मेवारी पाउँदा पनि अर्को खुसी मिलेको सुनाए । ‘मेरा जीवनका उकाली ओरालीहरूमा दुःखभित्रका थुपरै खुसीहरू छन् तर मैले समाजसेवा र मानवीय सेवालाई प्राथमिकतामा राखेर काम गरेकाले त्यहीलाई धेरै खुसीहरू बताएको छ’ मरासिनिले भने ।’ जिल्ला संयोजक भई दाङका एक सय बढी विद्यालयमा पुगेर रेडक्रस प्रचारप्रसार विपद् व्यवस्थापन प्राथमिक उपचार अन्तराष्ट्रिय मानवीय कानुन जेनेभासन्धीको पारेमा प्रचारप्रसार गर्दा नि आफूलाई गौरवको अुनुभूति मिलेको उनले सुनाए ।

‘हामीले सयौँ विद्यार्थीलाई मानवीय सेवामा लाग्न प्रेरणाका साथै प्राथमिक उपचारको विषयमा शिक्षा दिएका छाँै यो पनि मेरो लागि खुसीको कुरा हो’ मसासिनिले भने । मरासिनिले त्यससँंगै रेडक्रसको विशिष्ट सदस्य हुन पाउँदा पनि अर्को खुसी मिलेको सुनाए । रेडक्रससम्बन्धी विविध तालिम प्रदानका साथै लुम्बिनी र कर्णाली प्रदेशका जिल्लामा जाने अवसर मिलेको र ज्ञान प्रदान गर्न पाएकोमा खुसी मिलेको उनले बताए ।

माविमा भर्ना भई बिजौरीको जनता क्याम्पस त्यसपछि बेल्झुण्डी क्याम्पसबाट संस्कृतमा आचार्यसँगै केन्द्रीय क्याम्पस र्कीतिपुरबाट अंग्रेजी शिक्षामा एमएड अध्ययन पूरा गरी शिक्षण पेसामा लागेका मरासिनिले संस्कृतमा आचार्यसँगै अंग्रेजी विषयमा एमएड पास गर्दा पनि अर्को खुसी मिलेको सुनाए । ‘मैले समाजसेवासँगै आफ्नो शिक्षालाई पनि अगाडि बढाए त्यसमा पनि म खुसी छु’ उनले भने । सानैदेखि प्रजातान्त्रिक विचार धारामा आस्थावान मरासिनिले बिजौरी स्कुलमा नेविसंघको अध्यक्ष जनता क्याम्पस नेविसंघको अध्यक्षसँगै बेल्झुण्डी क्याम्पसमा स्ववियुको नेविसंघबाट नेतृत्व गर्न पाएकोमा पनि खुसी व्यक्त गरे ।

‘म नेपाल विद्यार्थी सँगसँगै स्ववीयुमा पनि नेतृत्व गर्ने अवसर पाए त्यसमा पनि खुसी छु’ मरासिनिले भने ।’ उनले विद्यार्थी राजनीतिमा लागेर विद्यार्थीको शैक्षिक तथा अन्य विकास निर्माणमा सहयोगी भूमिका खेल्न पाएकोमा खुसी व्यक्त गरे । २०५७ सालदेखि शिक्षण कार्यमा संलग्न भई शिक्षाको ज्योति फैलाउनका साथै पत्रकारिता क्षेत्रमा पनि कलम चलाउन पाएकोमा उनले खुसी व्यक्त गरे । ‘मैले शिक्षणसँगै जिल्लाबाट प्रसारण प्रकाशन हुने सञ्चार माध्यममा आफ्ना विचार र समाचार प्रकाशन र प्रसारण गर्न पाउँनु पनि मेरो अर्को खुसीको पल हो’ मरासिनिले विगत सम्झदै भने ।

त्यस्तै मरासिनिले मानव अधिकार तथा शान्ति समाज दाङको सदस्य भई मानव अधिकारको क्षेत्रमा सेवा तथा काम गर्न पाएकोमा अर्को खुसी व्यक्त गरे । अधिकारको क्षेत्रमा पनि क्रियाशील हुन पाउँदा आफू निकै खुसी भएको उनले सुनाए । तुलसीपुरको हिमाल एकाडेमी, ज्ञानज्योति मावि र शारदा सिस्ने स्कुलमा अध्यापन गराउँदै आएका मरासिनिले विगत दुई दर्शकदेखि शिक्षाको ज्योति फैलाउँदै शिक्षा जस्तो पवित्र क्षेत्रमा लाग्न पाएकोमा खुसी व्यक्त गरे । उनले आफुले पढाएका विद्यार्थीहरू अहिले विभिन्न क्षेत्रमा पुगेको र उनीहरूले विभिन्न समयमा सम्झदा खुसी लाग्ने गरेको बताए ।

‘मैले पढाएका विद्यार्थी नेपाल सरकार तथा विभिन्न निकायमा अहिले कार्यरत छन् उनीहरूको उन्नति प्रगति देख्दा मलाई पनि खुसी लाग्छ गर्भको महसुस हुन्छ मेरा विद्यार्थीले यो ठाउँमा काम गर्छन् भन्ने’ मरासिनिले खुसी हुँदै भने । हाल तुलसीपुर–६ रजौरामा बसोवास गदै आएका मरासिनिले जीवन संगिनि प्राप्तसँगै पुत्र रत्न प्राप्ती गरेकोमा खुसी व्यक्त गरे । ‘घरपरिवार साथीभाइ स्ष्टभित्र सबैको साथ सहयोग मैले पाएको छु, म यसैमा खुसी छु’ उनले भने । मरासिनिले आत्मसन्तुष्टी नै मानिसको खुसी भएको सुनाए । ‘खुसी खोजन कहीँ जानु पदैन आफूभित्र नै खुसी छ, सत्कर्म र आफूसँग जे छ त्यसैमा रमाउनु नै खुसी हो’ उनले भने ।

प्रस्तुति : बालाराम खड्का