तुलसीपुर, ११ फागुन । राप्ती विश्वासी बचत तथा ऋण सहकारी संस्था लिमिटेड तुलसीपुर दाङको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
दंगीशरण गाउँपालिका वडा नं। ६ मा भएको स्वास्थ्य शिविरमा ३ सय जनाले स्वास्थ्य चेकजाँच गराएको रफिकोलका सदस्य ध्रुव गौतमले जानकारी दिए । रफिकोल महिला तथा युवा उपसमिति संयोजक मञ्जु आचार्यको सभापतित्व एव दंगिशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गिरीले पालिकाका नागरिकलाई निःशुल्क विभिन्न विधाका चिकित्सकहरु ल्याई स्वास्थ्य सेवा दिएकोमा धन्यवाद दिएका थिए ।
राप्ती विश्वासी बचत तथा ऋण सहकारी संस्था लि सञ्चालक समितिका अध्यक्ष इन्द्रबहादुर बुढाथोकीको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रममा दंगीशरण गाउँपालिका–६ का वडाध्यक्ष रोशन शाह, ६ का सदस्य टिका भण्डारी, ७ का सदस्य भुपबहादुर खड्कालगायतले बोलेका थिए ।
स्वास्थ्य शिविरमा डा। सागर कोइराला, डा दुर्गा बेलबासे, डा सागर गौतम, पाल्पाली पोलिकिल्निकका सञ्चालक सुरज ज्ञावलीसहितको प्राविधिक टोलिले सेवा दिएको थियो । शिविरमा प्राविधिक सहयोग पाल्पाली पोलिक्लिनिक प्रालि, देउराली जनता फर्मालिटिक्स प्रालि, डिभाईन हेल्थकेयर प्रालि र साथी मेडिसिन डिष्टिव्यूटर्सले दिएका थिए । उनीहरुले निःशुल्क औषधी उपल्वध गराएका थिए । कार्यक्रमको सहजीकरण रफिकोल महिला तथा युवा उपसमितिका सदस्य गोरख वलीले गरेका थिए ।