टेकबहादुर पुन
देउखुरी,१० फागुन । कर्रि सामुदायिक बन उपभोक्ता समिति लमही–७ को अध्यक्षमा पुनः किशोरकुमार घर्तीमगर सर्बसहमतीबाट निर्बाचित भएका छन । शनिबार बनघुस्रीमा सम्पन्न समितिको २४ औँ बार्षिक साधारणसभा तथा अधिबेशनले घर्तिलाई सर्बसहमतीबाट अध्यक्षमा चुनेको हो ।
समितीको बरिष्ठ उपाध्यक्षमा हरिराम चौधरी, उपाध्यक्षमा देवा वली, सचिबमा छोट्कहनिया चौधरी, कोषाध्यक्षमा महाबिर चौधरी निर्बिरोध निर्बाचित भएका हुन । अधिवेशनबाट सदस्यहरुमा दिलकुमारी पुन, धनबहादुर पुन, बासुदेबी चौधरी, उर्मिला चौधरी, ज्योती तामाङ घर्ति र लिलासरी गुरुङ र सल्लाहकारमा खोजीराम चौधरी, शिबराज गिरी र अनन्तराम चौधरी चयन भएका छन ।
बार्षिक नीति तथा कार्यक्रम सचिब छोट्कहनिया चौधरीले प्रस्तुत गरिन भने कोषाध्यक्ष हरिराम चौधरीले आर्थिक बर्ष २०८०÷०८१ को ८ लाख ५९ हजार, ९ सय ९० रुपैया २७ पैसाको आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । समितिका अध्यक्ष किशोरकुमार घर्ती मगरको अध्यक्षता तथा सब डिभिजन बन कार्यालय लमहीका रेञ्जर दिवसकुमार परियारको प्रमुख आतिथ्यता एबम् वडा सदस्य सुनमाली बिकको विशिष्ट आतिथ्यमा अधिवेशनको उद्घाटन गरिएको थियो ।
कार्यक्रमलाई सम्वोधन गर्दै रेञ्जर परियारले बनबाट थप आर्जन गर्न पर्यापर्यटनमा लाग्नुपर्ने बताए । काठ दाउरा मात्र बेच्न समिति लाग्नु भन्दापनि अब थप नयाँ काम गरेर वन समुहको आम्दानीमा वृद्धि गर्नुपर्नेमा जोड दिएका थिए ।
सचिब छोट्कनिहा चौधरीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा समाजसेबी बुद्धिजीवी शिबराज गिरी, बैज्ञानिक बन ब्यबस्थापन महासंघका जिल्ला दाङका उपाध्यक्ष अमर कवंरलगायतका मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन कोषाध्यक्ष हरिराम चौधरीले प्रस्तुत गरेका थिए ।