दाङ, ९ फागुन । घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा १६ वर्षदेखि बन्द रहेको चमेना गृह पुनः सञ्चालनमा आएको छ। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को पहलमा शुक्रबारदेखि चमेना गृह पुनः सञ्चालनमा आएको हो ।
सञ्चालनमा ल्याइएको चमेना गृहको उद्घाटन क्याम्पस प्रमुख डा. नारायण पन्थी र स्ववियु अध्यक्ष मनोज डिसीले संयुक्त रूपमा गरेका हुन्। चमेना गृह सञ्चालनमा आएपछि विद्यार्थीले सहुलियतमा स्वच्छ, सफा र सुविधासम्पन्न वातावरणमा खाना, खाजा तथा नास्ता प्राप्त गर्न सक्ने भएको स्ववियु अध्यक्ष मनोज डिसीले बताएका छन् ।
कार्यक्रममा क्याम्पस प्रमुख डा. पन्थीले विद्यार्थीहरूको सुविधाका लागि चमेना गृहको पुनः सञ्चालन महत्वपूर्ण रहेको बताए । स्ववियु अध्यक्ष मनोज डिसीले विद्यार्थीहरूको दीर्घकालीन माग पूरा भएकोमा खुसी व्यक्त गर्दै सफा र गुणस्तरीय नास्ता प्राप्त गर्ने विद्यार्थीको अधिकार सुनश्चितता गर्ने प्रतिबद्धता जनाए। विद्यार्थीहरूले लामो समयदेखि चमेना गृहको अभाव महसुस गरिरहेका थिए।