प्रजातन्त्र दिवसमा महिला जेसीजद्वारा दीप प्रज्ज्वलन

घोराही, ७ फागुन । दाङ महिला जेसीजले प्रजातन्त्र दिवसका अवसरमा दीप प्रज्ज्वलन गरेको छ ।

दाङ महिजा जेसीज अध्यक्ष अनिता ढकालको अध्यक्षता तथा पूर्व अध्यक्ष सुशीला पौडेलको प्रमुख अतिथ्यतामा बुधवार दीप प्रज्ज्वलन कार्यक्रम गरेर मनाएको हो ।

कार्यक्रममा दाङ महिला जेसीजका निवर्तमान अध्यक्ष जुनकुमारी बुढा, पूर्व अध्यक्षहरू निरजा पोख्रेल, रेखा शर्मा,बुटिक तालिम प्रशिक्षक निलम अधिकारी, सरिता पुनलगायतको उपस्थीतिमा कार्यक्रम गरिएको थियो ।

कार्यक्रम संयोजक सहसचिव तुलसी चपाईको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा जेसीज आस्थापाठ उपाध्यक्ष दिपा पुनले गराएकी थिइन । कार्यक्रमको सहजीकरण महासचिव भीमा डिसीले गरेकी थिइन ।