पौराणिककालको सत्य कथा

एकराज शर्मा अधिकारी

राजा बलिको नाम हामी सबैले सुनेकै छौँ । उनलाई नचिने पनि उनको कामलाई नजाने पनि तिहारमा हामीले भैलो खेल्दा हामी त्यसै आएनौ बलि राजाले पठाए । हे औंसीबार गाई तिहार भैलो भनेर घर–घर गएर भैलो खेल्छौ । बलि एउटा राजा थिए । उनका पिताको नाम विरोचन थियो । उनका बाजेको नाम प्रहलाद थियो । उनी विष्णुका भक्त थिए । दानवता राजा हुन् । उनी दानी थिए तर घमण्डी थिए । लक्ष्मीले पताएका मानिस घमण्डी हुन्छन् । सरस्वतीले पताएका मानिस नम्र हुन्छन् ।

सरस्वती र लक्ष्मी विष्णु भगवान्का पत्नी हुन् । यी सौता–सौता हुन् । यी सँगै कहिले बस्दैनन् । त्यसैले प्रायः एउटै मानिस धनि र विद्धान हुँदैन । धनि मानिस विद्धान हुँदैन । विद्धान मानिस धनि हुँदैन । व्यवहारमा पनि हामीले देखेका छौँ । महाकवि लक्ष्मीप्रसाद देवकोटा विद्धान थिए, कवि थिए तर गरिब थिए । बलि राजा धनि थिए तिनै लोक जितेर स्वर्गका राजा बनेका थिए । उनिले ठु–ठुला यज्ञ गरेर सबैलाई बस गराएर थिए । उनको पुण्यले वैकुण्ठ पनि हल्लियो र विष्णु भगवान्ले ध्यान दृष्टिले हेर्दा बलि राजाले यज्ञ गरेको हुनाले यस्तो भएको हो भन्ने थाहा पाउनु भयो । बलिको घमण्ड तोड्न अरु कुनै उपायले नसकेर बामन बटुकको रुपले लिएर उनले दान गर्न लाएको यज्ञशालामा गएर तिन पाउँ जमिन माग्नु भयो । बलि राजाले पनि दिन स्वीकार गरे ।

तिन पाउँमा तिनै लोक नै लिनुभयो । विष्णु भक्त भएको हुनाले बलि राजालाई पातालमा पठाइदिनु भयो । उनको दानबाट प्रशन्न भएर आफू चौकीदार भएको कुरा पौराणिक कथामा पाइन्छ । भक्तको लागि भगवान्ले जे उपाय गरेर पनि रक्षा गर्नुहुन्छ । इन्द्रलाई स्वर्ग दिलाउनु भयो । स्वर्गमा देवताको राज्य कायम गर्दिनु भयो । विरोचनले बलि राजालाई दिएको उपदेश यस्तो छ– भोकबाट पनि वैराग्य हुन्छ, बैरमुख भएर वैराग्य हुँदैन । अन्तरमुख हुनुपर्छ । मन र चित्तलाई आत्मातर्फ लगाए पछि वैराग्य उत्पन्न हुन्छ । मन र चित्तले आत्मालाई देख्यो भने विषयतिर मन जादै जाँदैन । विषयतिर आनन्द छैन । आत्मातिर आनन्द छ । मानिसले खोलेको चिज आनन्द हो । हरेक मानिसले आनन्द खोजेको छ । आनन्द प्राप्त गर्न तृष्णालाई त्याग गर्नुपर्छ । भोगाशक्ति त्याग गर्नुपर्छ ।

मानिसले सजिलैसँग आत्मातिर मन लगाउन सक्दैन । किनभने विषयतर्फ भोगतर्फ बानी बसेको छ । भोकमा आनन्द छैन भन्ने कुरा भोगिसकेपछि मात्र थाहा हुन्छ । भोगमा वैराग्य लिनका लागि दिनको दुई भाग देहसम्बन्धी कार्यमा लगाउनु, एक भाग शास्त्रको अध्ययनमा लगाउनु, एक भाग गुरुको सेवामा लगाउनु तब मन निर्मल हुन्छ । पहिले मनलाई माझ्नु पर्छ । हाम्रो मन मइलो छ । त्यसैले आत्मा देखिँदैन । आत्मालाई देखेपछि तृष्णा मेटिन्छ । मनले मनलाई तह लगाउनुपर्छ । मनलाई अरु कसैले बुझाउन सक्दैन । त्यसैले गीता भनेको छ– मन एव मनुष्याणाम कारणम् बन्ध मोक्षयो । जस्तो बोटेले डुंगालाई तार्छ । डुंगाले बोटेलाई तार्छ । त्यस्तै आत्माले आत्मालाई तार्छ । यस्तो उपदेश विरोचनले राजा बलिलाई दिएपछि बलिको हृदय शीतल भएर उनले आफ्नो पिता विरोचनसँग भने– पिता जि अब मलाई धन, सम्पत्तिको इच्छा छैन । यी सबै नासबान हुन् ।

धनजनमा भए आशा पलाइहाल्छ र स्त्री आदिको संग्रह भइहाल्छ । स्त्री आदिको संग्रह गरे संसार सागरमा फसिहालिन्छ । पिता जि पहिले म स्त्रीमा आशक्त थिए । तपाईको उपदेशले म अब विरत्त भएको छु । मैले भोग्ने कुरा भोगिसके । देख्ने कुरा देखिसके । खानेकुरा खाइसके । त्यति हुँदा पनि मलाई शान्ति भएन । अब म भोगाशक्ति छोडेर शान्त भएर बस्छु । धन दौलत तुच्च रहेछन् । समय आएपछि सबै नाश हुने रहेछन् । मैले धेरै समय व्यर्थ बिताए । अब आत्मामा मन लगाउने छु । पुरुषार्थ गरेर दैवलाई जित्ने छु ।

भाग्यको भर पर्ने छैन । भाग्यलाई टाढैबाट नमस्कार गर्ने छु । दाँत टोकेर भए पनि अबदेखि भोगाशक्तिलाई त्याग गरी दुःखको भूमरीबाट निस्कने छु र संसारमा रहँदासम्म देसाचारको कर्म गरेर शुद्ध धन प्राप्त गरी देशको सेवामा लगाउने छु । सबैसँग मित्रको भावना राख्ने छु । ज्ञानी पुरुषको उपदेशलाई ग्रहण गर्ने छु भनी बलि राजाले विरोचनको उपदेश ग्रहण गरे झै हामीले पनि भाग्यको भर नपरेर पुरुषार्थ गरी देवताले समुन्द्र मथन गरेर अमृत प्राप्त गरी अमर भए झै हामी पनि आत्माको अनुभव गरेर अमर हुनुपर्छ ।