calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

लुम्बिनीमा ६ महिनामा दुई हजार बढी उद्यमी थपिए

अमरराज आचार्य
दाङ, ४ फागुन । लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्ष २०८१÷०८२ को छ महिनाको अवधिमा दुई हजार बढी उद्यमी थपिएका छन् । उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको छ महिनामा प्रदेशमा दुई हजार दुई सय १६ नयाँ उद्योग थपिएका हुन् । जसमा सात सय ७७ महिला र एक हजार चार सय ३९ पुरुष उद्योग र उद्यमी थप भएको मन्त्रालयले जनाएको छ ।

उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको रेकर्ड अनुसार आधा वर्षमा सात हजार एक सय ८९ जनाले रोजगारी प्राप्त गरेका छन् । जसमा दुई हजार पाँच सय ७१ महिला र चार हजार छ सय १८ जना पुरुषले रोजगारी प्राप्त गरेका छन् । यसले उद्यमी पुरुष र रोजगारी पनि पुरुषले नै धेरै प्राप्त गरेको तथ्याङ्कले देखाएको छ । उद्यमीतर्फ रुपन्देहीमा महिला एक सय ७३ र पुरुष तीन सय ३४ उद्यमी थपिएका छन् ।

यसैगरी बाँकेमा एक सय सात महिला र दुई सय ८६ पुरुष, नवलपरासी पश्चिममा ७० महिला र एक सय २६ पुरुष, कपिलवस्तुमा ७१ महिला र एक सय ३९ पुरुष, दाङमा दुई सय ३५ महिला र तीन सय २२ पुरुष, बर्दियामा ५२ महिला र ९३ पुरुष, पाल्पामा २० महिला र ३५ पुरुष, गुल्मीमा नौ महिला र १५ पुरुष, अर्घाखाँचीमा नौ महिला र ३७ पुरुष, प्युठानमा छ महिला र नौ पुरुष, रोल्पामा १४ महिला र २४ पुरुष एवम् रुकुम–पूर्वमा ११ महिला र १९ पुरुष उद्यमी थप भएका छन् । रोजगारीतर्फ रुपन्देहीमा एक हजार तीन सय ४४ पुरुष र पाँच सय ८३ महिलाले रोजगारी पाएका छन् ।

यसैगरी बाँकेमा छ सय २० महिला र आठ सय ८१ पुरुष, नवलपरासी पश्चिममा दुई सय ५२ महिला र छ सय १६ पुरुष, कपिलवस्तुमा तीन सय ६३ महिला र चार सय ९३ पुरुष, दाङमा दुई सय ५५ महिला र पाँच सय पाँच पुरुष, बर्दियामा दुई सय २३ महिला र तीन सय ६७ पुरुष, पाल्पामा ७७ महिला र ९८ पुरुष, गुल्मीमा ५१ महिला र एक सय छ पुरुष, अर्घाखाँचीमा ४४ महिला र एक सय पुरुष, प्युठानमा ३० महिला र २३ पुरुष, रोल्पामा ४१ महिला र ४७ पुरुष र रुकुम पूर्वमा ३२ महिला र ३८ पुरुषले रोजगारी प्राप्त गरेका छन् ।

यसैगरी चालु आर्थिक वर्षको छ महिनामा लुम्बिनी प्रदेशमा रहेका साना उद्योग तथा वाणिज्य फर्मको कूल लगानी साढेआठ अर्ब थप भएको छ । उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको अर्धवार्षिक तथ्याङ्क अनुसार लुम्बिनीका १२ जिल्लामा आठ अर्ब ४९ करोड नौ लाख नौ हजार पाँच सय ४४ रुपैयाँ लगानी थप भएको हो । वाणिज्य फर्मभन्दा साना उद्योगमा केही बढी लगानी थप भएको छ । उद्योगतर्फ चार अर्ब ५६ करोड १७ लाख ६२ हजार छ सय ६७ रुपैयाँ र वाणिज्यतर्फ तीन अर्ब ९२ करोड ९१ लाख रुपैयाँ लगानी थपिएको मन्त्रालयका सूचना अधिकारी सन्तोषकुमार सुवेदीले जानकारी दिए ।

उनका अनुसार रूपन्देहीमा उद्योगतर्फ एक अर्ब ४० करोड ९६ लाख र वाणिज्यतर्फ एक अर्ब १६ करोड ४६ लाख रुपैयाँ लगानी थप भएको छ । बाँकेमा छ महिनाको अवधिमा उद्योगतर्फ ८१ करोड ६५ लाख ७५ हजार र वाणिज्य फर्ममा ५७ करोड ९५ लाख ८१ हजार, नवलपरासी पश्चिममा उद्योगतर्फ ५० करोड ५२ लाख र वाणिज्यतर्फ ४१ लाख ७३ हजार, कपिलवस्तुमा उद्योगतर्फ ५७ करोड २० लाख ६० हजार र वाणिज्य फर्ममा ४१ करोड ७३ लाख, दाङमा उद्योगतर्फ ४१ करोड २२ लाख ७१ हजार दुई सय ९० रुपैयाँ र वाणिज्य फर्ममा २४ करोड ७५ लाख ५० हजार रुपैयाँ लगानी थपिएको छ । पाल्पामा उद्योगतर्फ ३४ करोड ३४ लाख ३५ हजार र वाणिज्य फर्ममा २४ करोड ७५ लाख ५० हजार रुपैयाँ लगानी थप भएको छ ।

बर्दियामा उद्योगतर्फ ९५ करोड र वाणिज्यतर्फ १६ करोड रुपैयाँ लगानी थपिएको छ । गुल्मीमा उद्योगतर्फ ८६ करोड र वाणिज्य फर्ममा ५० करोड ७० लाख, अर्घाखाँचीमा उद्योगतर्फ २२ करोड ५२ लाख र वाणिज्य फर्मतर्फ पाँच करोड ४९ लाख, प्युठानमा उद्योगतर्फ दुई करोड ४३ लाख र वाणिज्य फर्ममा चार करोड एक लाख ९५ हजार एक सय, रोल्पामा उद्योगतर्फ तीन करोड २७ लाख ५० हजार र वाणिज्य फर्मतर्फ दुई करोड ६५ लाख २० हजार रुपैयाँ लगानी छ भने रुकुम पूर्वमा उद्योगतर्फ तीन करोड ९३ लाख र वाणिज्य फर्ममा छ करोड १३ लाख रुपैयाँ लगानी थप भएको छ ।